मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

सूर्य चिन्हको धाक नलगाउन ओलीलाई माधबको चेतावनी

महमूद आलम खान 1133+ समाचार ( )
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताएका हुन् ।
८ मंगशिर २०७८, बुधवार

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताएका हुन् ।

बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेको दावी समेत गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम चम्किरहेको र यही मंसीर १५ गतदेखि सो चिन्हको स्किटर लिएर आर्थिक संकलन गर्दै जनताको घरघरमा पुग्ने अभियान संचालन गर्ने घोषणा समेत गरे । उनले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढनका लागि समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अघि बढिरहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘समाजवादको दिशामा अघि बढनका लागि समानताको, न्यायको, विकासको र समृद्धिको यी चार वटा विषयलाई केन्द्र विन्दुमा राखेर अगाडि बढिरहेको हुनाले भविष्य यो पार्टीको छ । मैले भन्ने गरेको छु–अव सूर्यको धाक नदेखाए हुन्छ । त्यसमा ग्रहण लागि सकेको छ । अव कलम चम्किरहेको छ । सत्य र न्यायको सन्देश दिईरहेको छ । अव मंसीर १५ गतेदेखि स्टिकर वितरण गर्दै आर्थिक सहयोग संकलन गर्दै घरघरमा हामी जनताको माझमा पुग्ने अभियान संचालन गर्न गईरहेका छौं । यो पार्टीप्रतिको आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेका छन । भविष्य छ भने एकीकृत समाजवादी पार्टीको छ ।’

अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुरनै राख्न उपयुक्त हुने धारणा समेत राखे । उनले मधेश प्रदेश बन्न सक्छ कि सक्दैन ? भनि स्थानीय सञ्चारकर्मीहरुले सोधेको प्रश्नप्रति इन्कार गर्दै त्यस सम्बन्धमा राजनीतिक दलहरुबीच छलफल गरेर मात्रै केही बोल्न सकिने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार