मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

खजुराले ल्यायो ८५ करोड बजेट

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
१० असार २०८२, मङ्गलबार

बाँके । खजुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित ८५ करोड ७२ लाख ३१ हजार ५ सय ७१ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाको मंगलबार आयोजित १७ औं गाउँसभामा उपाध्यक्ष मञ्जु मल्लले प्रस्तावित आय/व्यय विवरण प्रस्तुत गरिन् । त्यसअघि गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क.ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत रुपले पारित भएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी विकास, पर्यटन, खेलकुद, रोजगार, उद्योग, ब्यवसाय लगायतलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा खजुरा क्षेत्रका बिद्यालयलाई टिनको छानामुक्त बनाउने, हरेक बिद्यालयमा सुबिधा सम्पन्न शौचालय र स्वच्छ खानेपानीको ब्यवस्था गर्ने, खजुराको समृद्धिको आधार कृषिलाई प्रोत्साहित गरिएको छ ।

कबड्डी खेललाई मान्यता दिदै गाउँपालिकाको खेलकुदका रुपमा घोषणा गरिएको छ । अन्य खेल गतिबिधिलाई तीब्र रुपमा सञ्चालन गर्ने लगायत नीति तथा कार्यक्रममा उल्लेख छ । प्रस्तावित बजेटमाथी छलफल गरेर पारित गर्नका लागि आगामी असार २८ गते पुनः बस्ने गरी अध्यक्ष बिकले सभा बोलाएको प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार