मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

नेपालले साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जित्यो

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
डवल राउन्ड रोविन लिगको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशलाई १-१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलो पटक उपाधि जितेको हो
२५ कार्तिक २०७९, शुक्रबार

काठमाडौँ । नेपालले साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।

डवल राउन्ड रोविन लिगको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशलाई १-१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलो पटक उपाधि जितेको हो। नेपालका लागि सुशिला केसीले गोल गरिन्।

४ खेलबाट तीन जित र १ बराबरीको नतिजाबाट नेपाल १० अंक जोडेर शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।

नेपाललाई उपाधि जित्न बराबरी नै पर्याप्त थियो भने बंगलादेशका लागि जित आवश्यक थियो । खेल १-१ को बराबरीमा रहेका बेला बंगलादेशले अन्तिम समयमा पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन र नेपाल भाग्यमानी बन्यो । जहाँ सुजाता नायक बनिन् ।

बीएसएसएसएमके रंगशालामा भएको खेलको १४औं मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा नेपालले अग्रता कायम राख्यो । दोस्रो हाफमा घरेलु टोली बंगलादेशले गोल फर्कायो । बंगलादेशकी कप्तान रुमा अख्तरले ५४औं मिनेटमा गोल गरेकी थिइन् ।

खेलको अन्तिम मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गरेको थियो । तर, बंगलादेशकी जोयनोब बीबी रिताको पेनाल्टी प्रहार कप्तान तथा गोलकिपर सुजाता तामाङले बचाउँदै नेपालको संकट टारिन र ऐतिहासिक उपाधि दिलाइन् ।

नियमित कप्तान दीपा रोकायको स्थानमा सुजाले बंगलादेशविरुद्ध कप्तानी गरेकी हुन् । नेपाल, बंगलादेश र भुटान गरी तीन टिम मात्र सम्मिलित यस प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो ।

प्रतियोगितामा नेपालले भुटानलाई ७-० र १-० तथा , बंगलादेशलाई १-० ले पराजित गरेको थियो । चारवटै खेल हारेको भुटान भने अंकविहीन हुँदै यसअघि नै घर फर्किसकेको छ ।

नेपालको महिला फुटबल टिमले उमेर समूहमा जितेको यो दोस्रो उपाधि हो । यसअघि सन् २०१४मा श्रीलंकामा भएको यू-१४ रिजन प्रतियोगितामा नेपालको यू-१४ महिला टिमले उपाधि जितेको थियो ।

साफ यू-१५ महिला च्याम्पियनसिपमा भने नेपालको यो पहिलो उपाधि हो । यसअघि तीन संस्करण खेल्दा पछिल्लोपल्ट २०१९ मा बंगलादेशमै भएको तेस्रो संस्करणमा तेस्रो भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार