बाँके, ६ माघ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बाँकेका तीनवटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी कुल ६० जनाले मनोनयन दर्ता गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार बाँके–१ मा ३ जना स्वतन्त्रसहित १६ जनाको, बाँके–२ मा ३ जना स्वतन्त्रसहित २२ जनाको, र बाँके–३ मा ५ जना स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी दर्ता भएको छ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीका अनुसार बाँके–३ मा नेपाली कम्युनिष्ट पार्टीका दीपक जिएम र स्वतन्त्र उम्मेदवार सूर्यप्रकाश रेग्मीको उम्मेदवारी पेण्डिङमा राखिएको छ। उनीहरूको विवरण आयोगको वेबसाइटमा प्रविष्ट गर्दा केही कैफियत देखिएपछि नाम हाल्न ढिलाइ गरिएको हो ।
उम्मेदवार दर्ताका लागि बिहान १० बजे देखि साँझ ५ बजे सम्म दल र उम्मेदवारहरूलाई निश्चित समय तोकिएको थियो।
उम्मेदवार सूची
बाँके- १ (१६ उम्मेदवार)
दुर्गा थापा (नेपाल मजदुर किसान पार्टी), कृष्णा केसी (प्रगतिशील लोकतान्त्रिक पार्टी), दिवाकर वर्मा (स्वतन्त्र), धन बहादुर खड्का (उज्यालो नेपाल पार्टी), दिपक बहादुर शाही (स्वतन्त्र), सुरेश कुमार चौधरी (राष्ट्रिय स्वतन्त्र पार्टी), प्रदीप पौडेल (स्वतन्त्र), राजेन्द्र कुमार विश्वकर्मा (जसपा नेपाल), तुलसी राम सापकोटा (राष्ट्रिय जनमोर्चा), भरत निधि तिवारी (श्रम संस्कृति पार्टी), सूर्य प्रसाद ढकाल (नेकपा एमाले), फेरुलाल चौधरी (मंगोल नेशनल अर्गनाइजेन), दिपक बुढाथोकी (नेकपा माओवादी), प्रदिप कुमार शाह (राष्ट्रिय प्रजातन्त्र पार्टी), नरेंद्र प्रसाद पाण्डे (नेपाली कम्युनिष्ट पार्टी), नारायण प्रसाद गौडेल (नेपाली काँग्रेस)
बाँके-२ (२२ उम्मेदवार)
सरस्वती प्रसाद बर्मा (जसपा), गोपाल प्रसाद गिरी (स्वतन्त्र), प्रकाश शाह (नेपाल मजदुर किसान पार्टी), सौरभ जंग शाह (स्वतन्त्र), ऋषिराज देवकोटा (राप्रपा), राम चरण चौधरी (श्रम संस्कृति पार्टी), मोहम्मद इस्तियाक राई (नेकपा एमाले), महेन्द्र बहादुर चन्द (नेकपा माओवादी), विजय कुमार गुप्ता (नेपाल जनता पार्टी), जगदिश ढकाल (राष्ट्रिय जनमोर्चा), सुधान्सु कोईराला (नेपाली काँग्रेस), अब्दुल अमर साई (आम जनता पार्टी), दिपेन्द्र बिष्ट (नेपाली कम्युनिष्ट पार्टी), मनोज कुमार चौधरी (स्वतन्त्र), शैलेन्द्र कुमार कर्ण (उज्यालो नेपाल), मो. कमरुद्धिन राई (जसपा नेपाल), मजिल अली शेष (प्रगतिशील लोकतान्त्रिक पार्टी), विवेक कुमार श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी), बावु प्रकाश घिमिरे (राष्ट्रिय मुक्ति मोर्चा), सिताराम यादव (राष्ट्रिय एकता दल), मोहमद आजाद साई (जनमत पार्टी), इरफान अहमद शेष (राष्ट्रिय जनमत पार्टी)
बाँके - ३ (२२ उम्मेदवार, २ पेण्डिङ)
भूमि महतरा (नेपाल मजदुर किसान पार्टी), मनोज कुमार थारु (मंगोल नेशनल अर्गनाइजेन), खगेन्द्र सुनार (राष्ट्रिय स्वतन्त्र पार्टी), चन्द्रवीर कामी (नेकपा माक्सवादी पुष्पलाल), सुमन मल्ल (नेकपा एमाले), ओमकार थापा मगर (श्रम संस्कृति पार्टी), ध्रुवराज थारु (नागरिक उन्मुक्ति पार्टी), रुप कुमार चन्द (मितेरी पार्टी नेपाल), तारक सिंह थारु (राष्ट्रिय प्रजातन्त्र पार्टी), मुबारक अलि दर्जी (राष्ट्रिय जनमत पार्टी), विद्या शर्मा (आम जनता पार्टी), अमर सिंह पुन (नेपाली काँग्रेस), सूर्यलाल यादव (जसपा नेपाल), मन बहादुर सुनार (राष्ट्रिय जनमोर्चा), तेजबहादुर भण्डारी (प्रगतिशील लोकतान्त्रिक पार्टी), पदम बहादुर घर्ति (स्वतन्त्र), चेतबहादुर ओली (स्वतन्त्र), भिमबहादुर सुनार (स्वतन्त्र), फिरोज खाँ (जनमत पार्टी), भगवती शाह (स्वतन्त्र), दीपक जिएम (नेपाली कम्युनिष्ट पार्टी, पेण्डिङ), सूर्य प्रकाश रेग्मी (स्वतन्त्र, पेण्डिङ)