मुख्य समाचार
राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै |

जानकी गाउँपालिकाको नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित गर्दै १६ औँ गाउँसभा सम्पन्न

यूथ टुडे समाचारदाता 3302+ समाचार ( )
२६ असार २०८१, बुधवार

बाँके । बाँकेको जानकी गाउँपालिकाले ६८ करोड २७ लाखको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८१/८२ का लागि उपाध्यक्ष रामप्यारी यादवले प्रस्तुत गरेको ६८ करोड २७ लाख ६ हजार ३२ रुपैयाँको आयब्यय गाउँसभाको १६औं अधिवेशनबाट पारित भएको छ ।

अध्यक्ष छब्बन खाँले बजेट पुस्तिका रहेको ब्रिफकेस हस्तान्तरण गरेपछि उपाध्यक्ष यादवले बजेट वाचन गरकी थिइन् । त्यसअघि अध्यक्ष खाँको अनुमतिमा प्रबक्ता टिकानाथ यादवले नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गरेका थिए । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारलाई विशेष प्राथमिकता दिइएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले बताए ।

जानकीले आगामी आर्थिक बर्षका लागि सशर्त अनुदानतर्फ संघीय सरकारबाट १९ करोड ७७ लाख र प्रदेश सरकारबाट ९० लाख रुपैयाँ प्राप्त गरेको छ । समानीकरणतर्फ संघीय सरकारको ११ करोड ९९ लाख र प्रदेश सरकारको ८२ लाख ३९ हजार बजेट छ । जानकी गाउँपालिकाले आन्तरिक आम्दानीतर्फ १ करोड २५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । सबैभन्दा बढी वडा स्तरीय योजना (पूर्वाधार तथा चालु) तर्फ ५ करोड ४८ लाख, गाउँपालिका स्तरीय योजनामा ३ करोड ४० लाख, शिक्षामा २ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । 

गाउँसभाको १६औं अधिवेशनमा जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र कुमार चौधरीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । नीति कार्यक्रममाथिको छलफलमा प्रबक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष यादव, वडा नम्बर ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्य राजेन्द्र सिंहले भाग लिएका थिए । सभाको सञ्चालन कर्मचारी राजेन्द्र प्रसाद बाजपेयीले गरेका थिए । असार १० गते ल्याउनुपर्ने बजेट आन्तरिक विवादका कारण जानकीले दुई साता ढिला गरी ल्याएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार