मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |
मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |


लुम्बिनी प्रदेशमा क्षतिग्रस्त कार्यालय पुनःनिर्माणका लागि प्रदेश सरकारद्वारा सहयोग

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

दाङ । जेनजी आन्दोलनपश्चात् लुम्बिनी प्रदेशमा क्षतिग्रस्त कार्यालय पुनःनिर्माणका लागि प्रदेश सरकारले अभियान थालेकाे छ ।

सरकारी कार्यालयहरू आन्दोलकारीको निशानामा परे, कागजात जलेर खरानी भए, संरचना ध्वस्त भए र कर्मचारी हतोत्साहित बनेपछि धेरै प्रदेशमा सेवा प्रवाह ठप्प रह्यो तर यही निराशाजनक पृष्ठभूमिमा मुख्यमन्त्री चेतनारायण आचार्य व्यक्तिगत पीडा बिर्सेर पुनःनिर्माण अभियान थालेका हुन् ।

आन्दोलनकै बेला अर्घाखाँचीस्थित उनको घर नै ध्वस्त पारिएको थियो । तर उनले त्यो पीडा आत्मबलमा रूपान्तरण गरे । ‘म व्यक्तिगत पीडामा डुबेर बस्ने हैन, प्रदेशलाई उठाउने जिम्मेवारी बोकेको मान्छे हुँ । मेरो घर जल्दा मेरो मन पनि पोलिएको छ तर प्रदेशका हजारौं घर–परिवारको पीडासँग तुलना गर्दा त्यो सामान्य मात्र हो’, मुख्यमन्त्री आचार्यले भने ।

मुख्यमन्त्री आचार्य आन्दोलनपछिका दिनहरूमा निरन्तर मैदानमा छन् । दाङ, बाँके, प्यूठान, रुपन्देही र अर्घाखाँचीका सरकारी कार्यालयहरूमा पुगेर उनले क्षतिविवरण संकलन गरेका छन् ।

कतिपय कार्यालयमा ढोकै छैन, कतिपयमा कुर्सी–टेबलसम्म जलेर खरानी भएका छन् । कतै पाल टाँगेर फाइल पल्टाइरहेका कर्मचारीहरू देख्दा उनले भावुक हुँदै भने, ‘हाम्रो राज्यको ढोका कहिल्यै बन्द हुन हुँदैन । फर्निचर छैन भने जमिनमै बसेर पनि काम गर्नुपर्छ । नागरिकलाई सेवा दिन हामी कहिल्यै पछि हट्ने छैनौँ ।’

उनले कर्मचारीलाई निरन्तर हौसला दिँदै थपे, ‘यो समय हाम्रो धैर्यको परीक्षा हो । तपाईंहरू निराश नहुनुहोस्, प्रदेश सरकार तपाईंहरूसँग छ । नागरिकलाई निराश पार्नु हुँदैन, उनीहरू हाम्रो भरोसामा बाँचिरहेका छन् ।’

कार्यालय सञ्चालनका लागि प्रदेश सरकार राहत कोषबाट सहयोग

आचार्यले केवल उत्साह मात्र दिएनन्, तत्काल कदम पनि चाल्न थाले । उनले क्षतिग्रस्त भएर बजेट अभावमा कार्यसञ्चालन गर्न नसकेका कार्यालयलाई राहत कोषमार्फत सहयोग गर्ने निर्णय गरेकाे जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले सेवा सुचारु गर्न समस्या रहेका कार्यालयलाई प्रदेश सरकारको राहत कोषबाट सहयोग गर्ने निर्णय गरेकाे जानकारी दिए ।

उनका अनुसार रुपन्देही, कपिलवस्तु, दाङ र बाँके जिल्ला अदालतलाई प्रतिअदालत ५ लाख रुपैयाँ, उच्च अदालत तुलसीपुर, उच्च अदालत तुलसीपुर बुटवल इजलास र उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासलाई प्रतिअदालत ६ लाख रुपैयाँ, उच्च सरकारी वकील कार्यालय बुटवल, तुलसीपुर र नेपालगञ्जलाई प्रतिकार्यालय ५ लाख रुपैयाँ प्रदान गरिने छ ।

त्यसैगरी मालपोत कार्यालय तुलसीपुरलाई २ लाख, कारागार कार्यालय तुलसीपुरलाई १ लाख, जिल्ला सरकारी वकील कार्यालय रुपन्देही र दाङलाई प्रतिकार्यालय ४ लाख, जिल्ला प्रशासन कार्यालय बाँकेलाई ५ लाख र नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशलाई ३ लाख रुपैयाँ उपलब्ध गराइने सचिव सुनारले जानकारी दिए ।

सचिव सुनारका अनुसार आन्दोलनका क्रममा संरचना र सेवा प्रभावित भएकाले राहतमार्फत कार्यालयहरूको पुनःस्थापना र सेवा प्रवाहलाई सहज बनाउन सहयोग गरिएको हो ।

“जनताको काम रोकियो भने आन्दोलनले दोहोरो क्षति गर्छ । एकातिर संरचना भत्किए, अर्कोतिर नागरिक सेवाबाट वञ्चित हुन्छन् । त्यो हामी हुन दिन्नौँ । यसैले जनताको काम नरोकिने व्यवस्था मिलाउन हामी बाध्य छौँ”, मुख्यमन्त्री आचार्यले भने ।

सरकारी कार्यालय मात्र होइन, आन्दोलनमा तोडफोड र आगजनीमा परेका राजनीतिक दलका स्थानीय कार्यालय र निजी व्यवसायिक नेतृत्वलाई समेत मुख्यमन्त्रीले भेटेर उत्साह भर्ने काम गरिरहेका छन् । उनले सबैलाई सम्झाउँदै भन्ने गरेका छन्, ‘यो केवल सरकार वा कुनै दलको घाउ होइन, यो हाम्रो सामूहिक पीडा हो । त्यसैले यसको उपचार पनि हामी सबै मिलेर गर्नुपर्छ ।’

यसरी उनले ‘समावेशी पुनर्निर्माण’ को संकेत दिएका छन् । व्यक्तिगत पीडाभन्दा माथि उठेर सामूहिक उपचारमा जोड दिने उनको शैलीले प्रदेशमा आशा जगाएको छ ।

निराशा, आक्रोश र अव्यवस्था बीच आचार्यको सक्रियता प्रदेशवासीका लागि एउटा आशाको किरण बनेको छ । कर्मचारीले मनोबल उठाएका छन्, नागरिकले सेवा पाउने विश्वास पाल्न थालेका छन् ।

प्रशासन फेरि गतिमा फर्कने संकेत देखिन थालेको छ । ‘संरचना भत्किन सक्छन्, ढोका–झ्याल जली खरानी बन्न सक्छन् तर जनताप्रति हाम्रो जिम्मेवारी कहिल्यै खरानी हुँदैन । प्रदेश सरकार जबसम्म छ, नागरिकको काम रोकिँदैन’, उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार