मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

गृह जिल्ला जाजरकोटको कमाण्ड गर्ने जिम्मेवारी उपसचिव सुनारको काँधमा

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
गृहले जाजरकोटमा उपसचिव सुरेश सुनारलाई पठाइएको छ । सुनारको यो गृह जिल्ला हो । जिल्लाको भेरी नगरपालिका ४ स्थायी घर भएका उपसचिव सुरेश सुनार देशकै कान्छो सिडिओको रुपमा रेकर्ड राख्न सफल थिए ।
२२ श्रावण २०८०, सोमबार

काठमाडौं । गृह मन्त्रालयले दुई उपसचिव र एक जना सहसचिव तहका कर्मचारीको सरुवा गरेको छ । गृहले अछामका प्रमुख जिल्ला अधिकारी सहसचिव शिवराज न्यौपानेलाई गृह मन्त्रालयमा तानेर त्यहाँ उपसचिवलाई सिडिओको जिम्मेवारी दिएर पठाएको छ । न्यौपाने २०८० जेष्ठ ७ मा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न पुगेका थिए । उनी साढे २ महिनामै फिर्ता बोलाइएका हुन । स्वास्थ्यको समस्याका कारण उनी दुई महिनामै फिर्ता भएका हुन । गृह स्रोतका अनुसार उनी साउन ५ गतेदेखि नै अछामबाट बिदा लिएर स्वास्थ्य उपचारका लागि हिडेका थिए ।

अछाम जिल्ला प्रशासन कार्यालय सहसचिवको दरबन्दी भए पनि त्यहाँ जाने सहसचिव नभएपछि मन्त्रालयका सिनियर उपसचिवलाई सिडियो बनाएर खटाइएको गृहले जनाएको छ । गृहको बरण्डामा अहिले सहसचिव जयनारायण आचार्यमात्र छन् ।

गृहले जाजरकोटमा उपसचिव सुरेश सुनारलाई पठाइएको छ । सुनारको यो गृह जिल्ला हो । जिल्लाको भेरी नगरपालिका ४ स्थायी घर भएका उपसचिव सुरेश सुनार देशकै कान्छो सिडिओको रुपमा रेकर्ड राख्न सफल थिए । उनले यस अघि बझाङको सिडिओ चलाएका थिए भने बाँके जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए । शाखा अधिकृतका रुपमा निजामति सेवामा प्रवेश गरेका उनले गत वर्ष लोकसेवा आयोगले लिएको परीक्षामा उपसचिव पदमा नाम निकालेका थिए । उपसचिव भएलगत्तै उनी बाँकेको सहायक प्रजिअ चलाएका थिए ।

गृहले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उपसचिव शरद कुमार पोखरेललाई अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकेको छ । पोखरेल ७७ चैत्रदेखि त्यहाँ सहायक सिडियोको रुपमा कार्यरत रहदै आएका थिए । यस अघि गृहले सहसचिव सन्त बहादुर सुनारलाई खोटाङको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार