मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

मलद्धार र मुत्रनलीमा खुर्सानीको धुलो पसाएर यातना दिने सेनाका चार अधिकृतविरुद्ध जाहेरी दर्ता

महमूद आलम खान 1133+ समाचार ( )
लवकुमारले सेनाका तत्कालिन महासेनानी राजेन्द्रमणी गिरी, सेनानी दीपेन्द्र श्रेष्ठ, सहसेनानीद्धय विज्ञान विष्ट र गणेश भट्टराईविरूद्ध किटानी जाहेरी दिएका हुन्
१६ फाल्गुन २०७८, सोमबार

चितवन । नेपाली सेनाको हतियार चोरी प्रकरणमा जबरजस्ती कबुल गराउन हिरासतभित्र क्रुर यातना दिएको भन्दै पीडितले सेनाका चार अधिकृतविरुद्ध किटानी जाहेरी दिएका छन् ।

३० महिना जेल सजाय भोगिसकेपछि निर्दाेष सावित भएका सेनाका पूर्व जवान लवकुमार गुरुङले चार अधिकृतविरुद्ध सरकारी वकिलको कार्यालय चितवनमा आइतबार किटानी जाहेरी दिएका हुन् । 

हतियार चोरेको आरोपमा सेनाका कालीबहादुर गण भरतपुरमा कार्यरत गुरुङ ५ पुस २०७५ मा पक्राउ परेका थिए । हतियार चोरेको आरोपमा उनीसँगै अमल्दार सरोज तामाङ पनि जेल चलान भएका थिए । निर्दाेस सावित भएपछि १८ भदौ २०७८ मा चितवन कारागार भरतपुरबाट उनीहरु रिहा भएका हुन् ।

निर्दाेस साबित भएर जेलबाट छुटेपछि लवकुमार १ पुस २०७८ देखि लागू हुने गरी स्वेच्छिक अवकास लिए भने तामाङ अहिले पनि कार्यरत छन् । लवकुमारले सेनाका तत्कालिन महासेनानी राजेन्द्रमणी गिरी, सेनानी दीपेन्द्र श्रेष्ठ, सहसेनानीद्धय विज्ञान विष्ट र गणेश भट्टराईविरूद्ध किटानी जाहेरी दिएका हुन् । 

आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी लिन नमानेपछि उनले सरकारी वकिलको कार्यालयमा जाहेरी दिएका हुन् । सरकारी वकिलको कार्यालयले उनको किटानी जाहेरी दर्ता गरेको छ । जाहेरी दर्ताका लागि अधिवक्ता कुमारप्रसाद थपलिया र अधिकारकर्मी सिता भुजेलले सहजिकरण गरेका हुन् ।

‘मलद्धार र मुत्रनलीमा खुर्सानीको धुलो पसाइयो’

आरोप स्वीकार गराउनका लागि सेनाले आफ्नो नाक, मुख, मलद्धार र मुत्रनलीमा खुर्सानीको धुलो सिरिन्जमार्फत पसालेर चरम यातना दिइएको लवकुमारले बताएका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हँडिया स्थायी घर भई कालीबहादुर गणका तत्कालिन जवान लवकुमारले आफुलाई क्रुर यातना दिएर जबरजस्ती दोषी कबुल गराइएको बताए । 

आफुलाई अनाहकमा क्रुर यातना दिने अधिकृतलाई हदैसम्मको कारबाहीको माग गर्दै उनले किटानी जाहेरी दिएका हुन् । गणको सैनिक हिरासतभित्र रहँदाको समयमा मानसिक र शारीरिक यातना दिएर जबरजस्ती आफूलाई दोषी ठहर गरिएको जाहेरीमा उल्लेख छ ।

‘हतियार चोरेको भन्दै पक्राउ गरी हतकडी र आँखामा पट्टी बाँधेर, असह्य पीडा हुने गरी कुटपिट गरियो । कुटीकुटी बेहोस बनाएर झ्यालको डन्डीमा झुन्ड्याइयो । अनुसन्धानकै क्रममा हातखुट्टा बाँधेर नाक, मुख, मलद्वार र मुत्रनलीबाट खुर्सानीको धुलो भिजाएर सिरिन्जमार्फत भित्र पसाई चरम यातना दिइयो’ जाहेरीमा भनिएको छ ।

कसुर स्वीकार नगरेमा आफ्नो श्रीमतिलाई भारतको मुम्बईमा बेचिदिएर त्यहि पैसाले हतियार किन्छु भन्दै धम्क्याएर मानसिक यातना दिइएको उनले भनेका छन् । ‘यातना दिने क्रममा अण्डकोषमा डोरीले बाँधेर कतै बाँधिदिने गरेको’, जाहेरीमा थप भनिएको छ । अहिले पनि आफुलाई बस्न, सुत्न, उठ्न अरुको सहारा आवश्यक पर्ने गरेको उनले बताए । 

कसरी निर्दाेश सावित भए ?

आफ्नै साथीको हत्याको आरोपमा ७ साउन २०७८ मा दि फेमश महिन्द्र दल गणमा कार्यरत सिपाही गंगाधर ढकाल पक्राउ परेपछि हतियार चोरीको वास्तविकता बाहिर आएको हो । चोरी भएको हतियार ९१००७९२ र वट नं ख २५० बाटै ढकालले सहकर्मी भरत गुरुङको हत्या गरेका थिए । 

घटनाको वास्तविकता बाहिरिएपछि १० वर्षका लागि जेल चलान भएको ३० महिनापछि सैनिक विशेष अदालतबाट लवकुमार र सरोज निर्दाेस सावित भएका हुन् । हत्या आरोप लागेका गंगाधरविरूद्ध २५ वर्ष कैद सजाय तोकिएपछि उनी हाल कारागारमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार