काठमाडौँ । आसन्न स्थानिय तहका निर्वाचनलाई लिएर नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी रहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवासमा जारी बैठकले स्थानिय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बीचमा हुने तालमेलका बारेमा आवश्यक छलफल गर्ने छ ।
‘गठबन्धनका आवद्ध दलका बीचमा केन्द्रमा भएका सहमति र स्थानीय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भइरहेको छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।