मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बैजनाथमा एड्भान्स आरन सुधार तालिम सम्पन्न

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१४ जेठ २०८२, मङ्गलबार

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–६ मा लक्षित वर्गका लागि सञ्चालन गरिएको ३० दिने एड्भान्स आरन सुधार तालिम सम्पन्न भएको छ। 

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा (सोक्याड) कोहलपुरको आयोजनामा सम्पन्न तालिममा ८ जना स्थानीय सहभागीले आधुनिक आरन तालिममा कच्चा फलाम बाट विभिन्न आधुनिक घरेलु सामाग्री निर्माण गरेका छन्।

तालिममा सहभागीहरूले हसिया, खुकुरी, खुडा, कुटो, चापरलगायतका घरेलु हतियार तथा औजार बनाउन आवश्यक सीप सिकेका छन् । 

कृष्ण बहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही तथा विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष निर्मला रोकाया सहभागी हुनु भएको थियो । 

प्रमुख अतिथी गाउँपालिका अध्यक्ष शाहीले सिपलाई आधुनिकीकरण गर्न सामुहित आरन उद्योग स्थापना गरेर घरेलु बैजनाथको ब्रान्डको रूपमा घरेलु हतियार उत्पादन गर्ने संस्था वा ब्यक्तिलाई स्थानीय सरकारले आवश्यक सहयोग गर्नुका साथै उत्पादन गरेका सामाग्रीको बजारीकरण गर्नमा ग्यारेन्टी गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बिशिष्ट अतिथी उपाध्यक्ष रोकायले अहिले गाउँपालिकाभरी एक दुई जना मात्र भएकोले अब तालीम प्रदान गरेका सबैले सामाग्री उत्पादन एवं पुराना सामाग्री मर्मतको काम गर्न सके मनग्य आम्दानी गर्न सकिने बताउँदै यी घरेलु हतियार बिहान उठेदेखि बेलुका नसुते सम्मलाई तरकारी काट्न घाँस दाउरा काट्न माछा मासु काट्न सबै काममा अनिवार्य प्रयोग हुने भएकोले यसको महत्त्व सधैं भैरहने बताउनुभयो ।

समापन कार्यक्रममा प्रशिक्षक उमालाल बिकले आफुले सिकाएको सिपको सहि सदुपयोग गर्न प्रशिक्षार्थीलाई अनुरोध गर्दै प्रशंसा पत्र ग्रहण गर्नु भएको थियो । ३० दिनसम्म निरन्तर तालिममा सहभागी भएर सफलता पुर्बक सीप सिकेका सहभागीहरूले स्थानीयस्तरमा स्वरोजगारको सम्भावना बढाउने उद्देश्यले सञ्चालन गरिएको तालिमप्रति सन्तोष व्यक्त गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार