मुख्य समाचार
बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग |

अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालगञ्जमा उजुरीको चाप बढ्यो

यूथ टुडे समाचारदाता 3335+ समाचार ( )
२९ कार्तिक २०८०, बुधवार

बाँके । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा गत आर्थिक वर्षमा ४४५ वटा उजुरी परेको आयोगले जनाएको छ । 

अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका अनुसार, गत आर्थिक वर्ष २०७९–८० मा बाँकेका विभिन्न कार्यालयमा अनियमितता भएका ४४५ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्ष २०७८—७९ मा बाँकेका ४७५ वटा उजुरी दर्ता भएका थिए । 

एक आर्थिक बर्षमा परेका उजुरी अन्त्यसम्म फस्र्यौट नहुँदा अर्को आर्थिक वर्षमा सरेर जाँदा कार्यालयमा बर्सेनी उजुरीको चाङ्ग थपिंदै जानेगरेको छ । अख्तियारको सम्पर्क कार्यालयका अनुसार, गत आर्थिक वर्ष २०७९–८० को साउनमा ५६, भदौमा ३९, असोजमा २२, कात्तिकमा १७, मंसिरमा १८, पुसमा २६, माघमा ३८, फागुनमा ३९, चैतमा ५०, बैशाखमा ५८, जेठमा ५९ र असारमा २२ वटा उजुरी दर्ता भएका छन् । 

आर्थिक वर्ष २०७८–७९ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा ४७५ वटा उजुरी दर्ता भएका थिए । आयोगका अनुसार, नेपालगन्ज कार्यालयमा त्यसअघिको आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २७३ वटा उजुरी फस्र्यौट भएका थिए । 

जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी गत आर्थिक वर्षको अन्त्यसम्म ७४८ वटा उजुरी फस्र्यौटको जिम्मेवारी रहेको आयोगले ७०.५ प्रतिशत उजुरी फस्र्यौट गर्न सफल भएको जनाएको छ । 

आयोगको बार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७८–७९ को अन्त्यसम्म जिम्मेवारी सरेर आएका १५६ र गत आवमा परेका ३६८ गरी ५२४ वटा उजुरी फस्र्यौट भएका थिए । 

आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा आव २०७८–७९ को अन्त्यसम्म रहेका ७४८ उजुरीमध्ये बिस्तृत अनुसन्धानका लागि ३५ वटा उजुरी गएका छन् । १७७ वटा सिधै तामेली तथा सुझावसहितको तामेली भएको उजुरीको संख्या ३६ रहेको छ ।

पछिल्लो समय अख्तियारले सरकारी कार्यालयमा निगरानी बढाउन थालेपछि ‘घुस’ प्रवृत्ति कार्यालय बाहिर मौलाउन थालेको छ । घुस लिनेहरु अख्तियारको ट्रयापमा पर्न थालेपछि कार्यालय बाहिर घुस लेनदेन हुनेगरेको विगतमा अख्तियारले गरेको स्टीङ अपरेशनबाट पुष्टि हुदै आएको छ ।

अख्तियारको निगरानीको प्रभावले कार्यालयभित्र घुस निरुत्साहित भए पनि कार्यालय बाहिर लिने प्रवृत्ति सुरु भएको र कार्यालय बाहिर पनि अख्तियारले समात्न थालेपछि बिचौलियामार्फत घुसको प्रवृत्ति बढेको स्थानीयको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार