मुख्य समाचार
"नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी प्रतिबद्ध छ" | स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न राप्ती सोनारीमा महोत्सव गरिदै | जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड |
मुख्य समाचार
"नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी प्रतिबद्ध छ" | स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न राप्ती सोनारीमा महोत्सव गरिदै | जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड |


नरैनापुरको १६ औँ हिउदे अधिबेशन सम्पन्न

समिर अलि शेष 6+ समाचार ( )
उत्कृष्ट विद्यार्थीले पाए ल्यापटप
२६ पौष २०८१, शुक्रबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाहले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्नु भएको छ ।

गाउँपालिकाको १६ औं हिउदे गाउँसभाको अधिवेशनको अवसरमा महेन्द्र मा.वि. मटेहियाका २.९६ भन्दा बढी जिपिए ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दै पुरस्कार वितरण गर्नु भयो । कार्यक्रममा गाउपालिका अध्यक्ष शाहले ध्रुबराज गुप्ता र शीला कुमारी पाललाई सम्मान स्वारुप ल्यापटप वितरण गर्नु भएको थियो । यस्तै लोक सेवा तयारीका लागि पालिकाकि उत्कृष्ट बिद्यार्थी सपना कोईरालालाई पनि ल्याउटप प्रदान गरिएको गाँउपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष शाहले ‘विद्यार्थीहरूको मेहनत र समर्पणले समुदायलाई प्रेरित गर्नेछ । यस्ता प्रयासले मात्र शिक्षामा गुणस्तर वृद्धि गर्न सकिन्छ ।’ उहाँले समुदायिक विद्यालयहरूमा शिक्षाको स्तर सुधार गर्न कटिबद्ध रहेको बताउँदै विद्यार्थीहरूको उपलब्धिलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । अध्यक्ष शाहले विद्यार्थीहरु आफ्नो लगनशीलता र मेहनतले नरैनापुरको प्रतिष्ठा बढाउनेमा विद्यार्थीहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नु भएको थियो ।

उहाँले ‘हाम्रो पालिकामा अन्य विकास कम किन नहोस तर शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानीमा विशेष ध्यान दिनेछु ।’ त्यति मात्र नभएर अध्यक्ष शाहले युवाहरूको शिक्षामा लगानी गर्न गाँउपालिका विशेष योजना अघि सारेको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको थियो ।

पालिका अध्यक्ष शाहले १६ औँ गाँउसभामा प्रस्ताब गर्नु भएको चालु आर्थिक बर्षका लागि स्विकृत केही योजना तथा कार्यक्रम संशोधन तथा रकमान्तर गर्ने प्रस्ताब स्वीकृत गर्दै अधिबेशन सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा सम्पन्न गाउँसभामा गाउँपालिका तथा वडा कार्यालयबाट सम्पन्न भएका तथा सम्पन्न हुन बाँकी कामहरुको बारेमा ६ वटै वडाका अध्यक्षहरुले आआफ्नो धारण राखेका थिए । विशेष गरि वडा अध्यक्षहरुको धारणा बिकास र बजेटमा केन्द्रीत रहेको थियो । बजेट कसरी कार्यान्वयन गर्ने तथा सम्पन्न कामहरु र गाउपालिकाको गतिबिधी बारे सभामा प्रश्न उठाईयको थियो ।

उक्त सभामा उठाएका सम्पुर्ण प्रश्नहरुको गाउँपालिका अध्यक्ष शाहले जबाफ दिनु भएको थियो । सभामा उठेका प्रश्नहरुको जवाफदिदै गाउँपालिका अध्यक्ष शाहले हालसम्म भएका कामहरु सन्तोषजनक तरिकाले सम्पन्न भएको बताउनु भयो । हामीले गरेका कामहरुमा कुनैपनि अबरोध र नकारात्मक टीका टिप्पणी नअएका कारण गाउँपालिकाले गरेका बिकास निर्माणका कामहरु उत्कृष्टता पुर्बक सम्पन्न भएको अध्यक्ष शाहको भनाई थियो । उहाँले भन्नुभयो,बाँकी रहेका बिभीन्न क्षेत्रमा बिनियोजित गरिएको बजेट चाडै कार्यान्वयनमा आउने जिकिर गर्नु भयो ।

अहिले सम्मका कामहरुको सबै क्षेत्रबाट प्रसंसा भएकोले उत्कृष्ट काम गरेर देखाउन सभामा उपस्थित सभा सदस्यहरुलाई अध्यक्ष शाहले आग्रह समेत गर्नु भएको थियो । सभामा उपस्थित सबैजनाले सामुहिक रुपमा बिकासका काममा लाग्ने सबैले सबैलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसैगरी, प्रमुख प्रशासकिय अधिकृत एवं सभाका सदस्य सचिब नवराज वलीले चालु आर्थिक बर्षको हाल सम्मको प्रगति विवरण र महालेखा परिक्षकको कार्यालयले औल्याएको बेरुजुको बिषयमा फच्र्यौटको प्रकृयालाई अघि बढाउने प्रस्ताब पेश गर्नुभएको थियो । सभाले बेरुजु रकम वसुल गरी फच्र्यौट गर्न स्वीकृति प्रदान गर्दै बैठक सम्पन्न भएको योजना शाखा प्रमुख प्रकाश अधिकारीले जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार