मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

कोहलपुरमा युवाका सम्भावना र चुनौतीमाथि बहस

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

बाँके । कोहलपुरमा जारी लुम्बिनी युवा सम्मेलन एवम् युथ फेस्टिवल–२०८१ दोस्रो दिन भव्य रूपमा सम्पन्न भएको छ। कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालको आयोजनामा भएको यो फेस्टिवलमा शिक्षा, प्रविधि, राजनीति, वातावरण संरक्षण र समाज सुधार जस्ता विषयमा गहिरो छलफल(बहस) भएको छ।

युवाका पाँच महत्त्वपूर्ण विषयमा बहस

कार्यक्रमको दोस्रो दिन पाँच विषयमा छलफल भयो। विभिन्न क्षेत्रका विज्ञ, नेताहरू र युवाहरूले विचार राखेका थिए।

१. राजनीतिमा युवा

यस सत्रमा बाँके क्षेत्र नम्बर १ का सांसद सूर्यप्रसाद ढकाल र पूर्व युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज सहभागी भए।

गहतराजले भने,युवाहरू राजनीतिमा आउनुपर्छ। उनीहरूकै हातमा देशको भविष्य भएको बताउनुभयो ।

२. राजनीतिमा महिला

 लुम्बिनी प्रदेश सांसदहरू कृष्णा केसी, बसन्ती अधिकारी, सञ्जुकुमारी चौधरी र कोहलपुर उपप्रमुख संगीता सुवेदीले विचार राखे।

सुवेदीले "महिलाको संख्या मात्रै होइन, उनीहरूको प्रभावकारिता पनि बढ्नुपर्छ युवाहरूलाई अवसर दिनुपर्ने कुरामा स्थानीय सरकार प्रतिबद्ध भएको जानकारी दिनुभयो ।

३. वातावरण संरक्षणमा युवा

 बाँके राष्ट्रिय निकुञ्जका मन्दिप पंगेनी र वातावरणविद् प्रेम बुढा वक्ताका रूपमा उपस्थित थिए। पंगेनीले "युवाले नै वातावरण जोगाउने नेतृत्व गर्नुपर्छ।"वातावरण सम्बन्धि अन्य कार्यक्रम गर्न निकुञ्ज सकारात्मक भएको बताउनुभयो ।

४. प्रविधि, शिक्षा र युवाको सम्बन्ध

 लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार रेग बहादुर भण्डारी, आईटी विशेषज्ञ अंकित श्रीवास्तव र नरेन्द्र न्यौपानेले प्रविधिको महत्वबारे बोले।

भण्डारीले भन्नुभयो"सफल हुन प्रविधिमा अब्बल हुनैपर्छ।"युवाले आफुले केही नयाँ प्रविधि भित्र्याउन सके नयाँ प्रविधि अनुसार शिक्षा स्वास्थ्य र रोजगार सिर्जना गर्न सकिने प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रमको अन्तमा ५. समाज परिवर्तनका लागि युवा बिषयमा शंकर न्यौपाने, सरिता निलसागर र नमस्कार शाहले समाज सुधारमा युवाको भूमिका महत्वपूर्ण भनाई राख्नुभयो।

न्यौपानेले अगाडि थप्नुभयो:परिवर्तन युवाबाट सुरु हुन्छ।"युवाहरूलाई अवसर दिनुपर्ने आम स्थानीयको माग राख्नुभयो।

फेस्टिवलको अन्तिम दिनको तयारी

आयोजकका अनुसार अन्तिम दिन युवाका सीप, अवसर र उद्यमशीलताबारे छलफल हुनेछ।

यो फेस्टिवलले युवालाई सशक्त बनाउने, उनीहरूलाई नेतृत्वमा अघि बढाउने र समाज सुधारमा सक्रिय बनाउने लक्ष्य राखेको छ।लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन:२०८१ घोषणा पत्र जारी हुने आयोजक कोहलपुर युवा क्लब संजालका अध्यक्ष रमेश वरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार