बाँके । नेकपा माओबादी केन्द्र नेपालगंज १९ ले मौन अवधी सुरु हुनु पूर्व मंगलबार वडाका हरेक टोल टोलमा पुगी मतदातासँग भेटघाट गरेको छ । पाँच उम्मेदवारसँगै कार्यकर्ता र शुभेच्छुकको उल्लेखनिय उपस्थितिमा वडाका टोलमा पुगी मतदातासँग भेटघाट गरिएको हो । घरदैलो गरिरहँदा वडाका उम्मेदवारहरुलाई मतदाताले खादा र अविरसहित जितको मनग्य शुभकामना समेत दिए ।
वर्तमान समयमा युवाशक्ति रोजगारीको खोजीमा र अध्ययनका लागि दिनानु दिन विदेश यात्रामा लामबद्ध भएका छन् । त्यो लाम बद्धलाई रोकी युवाको जोश र ऊर्जालाई विकास निर्माणको कार्यमा सदुपयोग गर्न विशेष कदम चाल्ने वडा नं १९ का वडा अध्यक्ष पदमा उठेका उम्मेदवार शम्भुनाथ योगी बताउँछन् ।