मुख्य समाचार
नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? |

नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी

यूथ टुडे समाचारदाता 3303+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

बाँके । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको सम्पूर्ण प्यानलनै विजयी भएको छ । 

सो क्याम्पसमा केशरजंग शाहको नेतृत्वमा रहेको अनेरास्ववियुको सम्पूर्ण प्यानलनै विजयी भएको निर्वाचन समितिले जनाएको छ । विजयी हुनेहरुमा स्ववियुको अध्यक्षमा केशरजंग शाह, सचिवमा चिरञ्जीवी बुढा र कोषाध्यक्षमा सुरेन्द्र रावल हुनुहुन्छ भने सदस्यहरुमा अमिश बि.क., वन्दना थारु, अंकितकुमार यादव, टक्क रोकाया, निरज यादव, राजिब साह, शिशिर सुवेदी र गोपाल आउजी रहनु भएको छ । 

शाहको प्यानलले नेविसंघ र अखिल क्रान्तिकारीको दुई वटा प्यानललाई पराजित गरेर विजयी भएको हो । देशका अधिकांश क्याम्पसमा सत्ता साझेदार दलका विद्यार्थी संगठनहरुबिच गठबन्धन भएपनि महेन्द्र बहुमुखि क्याम्पसमा नेविसंघ र अनेरास्ववियूले एक्ला एक्लै चुनावमा प्रतिष्पर्धा गरेका थिए । 

माओवादी निकट अखिल क्रान्तिकारीले विप्लव, एकीकृत समाजवादी निकट अनेरास्ववियू र धर्मेन्द्र वास्तोला निकट अखिल क्रान्तिकारीसँग गठबन्धन बनाएर प्रतिष्पर्धा गरेको थियो । 

त्यसैगरि नागरिक विद्यार्थी, नयाँशक्ती लगायतले छुट्टै गठबन्धन गरेर चुनावमा उत्रिएका थिए । यो निर्वाचनमा अनेरास्ववियुको नेतृत्व केशरजंग शाहले गर्नु भएको थियो भने नेविसंघबाट सन्तोष रावल र अखिल क्रान्तिकारीको नेतृत्व हरेन्द्रबहादुर विकले गर्नुभएको थियो । 

चार हजार ६६० जना मतदाता रहेको सो क्याम्पसमा निकै कम मतदान भएको थियो । सो क्याम्पसमा १ हजार ६९९ मत मात्रै खसेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार