मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |

नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी

यूथ टुडे समाचारदाता 2591+ समाचार ( )
६ चैत्र २०८१, बुधवार

बाँके । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको सम्पूर्ण प्यानलनै विजयी भएको छ । 

सो क्याम्पसमा केशरजंग शाहको नेतृत्वमा रहेको अनेरास्ववियुको सम्पूर्ण प्यानलनै विजयी भएको निर्वाचन समितिले जनाएको छ । विजयी हुनेहरुमा स्ववियुको अध्यक्षमा केशरजंग शाह, सचिवमा चिरञ्जीवी बुढा र कोषाध्यक्षमा सुरेन्द्र रावल हुनुहुन्छ भने सदस्यहरुमा अमिश बि.क., वन्दना थारु, अंकितकुमार यादव, टक्क रोकाया, निरज यादव, राजिब साह, शिशिर सुवेदी र गोपाल आउजी रहनु भएको छ । 

शाहको प्यानलले नेविसंघ र अखिल क्रान्तिकारीको दुई वटा प्यानललाई पराजित गरेर विजयी भएको हो । देशका अधिकांश क्याम्पसमा सत्ता साझेदार दलका विद्यार्थी संगठनहरुबिच गठबन्धन भएपनि महेन्द्र बहुमुखि क्याम्पसमा नेविसंघ र अनेरास्ववियूले एक्ला एक्लै चुनावमा प्रतिष्पर्धा गरेका थिए । 

माओवादी निकट अखिल क्रान्तिकारीले विप्लव, एकीकृत समाजवादी निकट अनेरास्ववियू र धर्मेन्द्र वास्तोला निकट अखिल क्रान्तिकारीसँग गठबन्धन बनाएर प्रतिष्पर्धा गरेको थियो । 

त्यसैगरि नागरिक विद्यार्थी, नयाँशक्ती लगायतले छुट्टै गठबन्धन गरेर चुनावमा उत्रिएका थिए । यो निर्वाचनमा अनेरास्ववियुको नेतृत्व केशरजंग शाहले गर्नु भएको थियो भने नेविसंघबाट सन्तोष रावल र अखिल क्रान्तिकारीको नेतृत्व हरेन्द्रबहादुर विकले गर्नुभएको थियो । 

चार हजार ६६० जना मतदाता रहेको सो क्याम्पसमा निकै कम मतदान भएको थियो । सो क्याम्पसमा १ हजार ६९९ मत मात्रै खसेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार