मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

नेपालगञ्ज १९ मा शिक्षा, स्वास्थ्य निशुल्क गर्ने योगीको घोषणा

महमूद आलम खान 1133+ समाचार ( )
उनले वडामा कृषिलाई पकेट क्षेत्र बनाउने पनि घोषणा गरेका छन् ।
२२ वैशाख २०७९, बिहीबार

बाँके । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्षको उम्मेदवार शम्भु नाथ योगीले आफूलाई जनताले जिताएको अवस्थामा वडामा निशुल्क स्वास्थ्य र शिक्षाको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

आज पहिलो चरणको घरदैलो अभियानको सुर्जि गाउँमा समापन गर्दै अध्यक्ष पदका उम्मेदवार योगीले उक्त कुरा बताएका हुन् ।

उनले आफूलाई पार्टीले दिएको जिम्मेवारी जनताले अनुमोदन गरेको अवस्थामा वडामा निशुल्क शिक्षा, स्वाथ्यको व्यवस्था गर्ने बताए । उनले आफूले जनताको समस्या पीडा नजिकबाट बुझेको बताउँदै जनताले भोट दिएर जिताएको अवस्थामा जनतासँगै रहेर जनताको सल्लाह सुझाव लिएर काम गर्ने बताए । उनले सरकारले आधारभूत शिक्षा र स्वास्थ्य निशुल्क गरे पनि वडा स्तरमा अझै कार्यन्वयन हुन नसकेकोले उक्त कार्यलाई प्राथमिकतामा राख्ने जिकिर गरे । 

उनले वडामा कृषिलाई पकेट क्षेत्र बनाउने पनि घोषणा गरेका छन् । उनले सडक, खानेपानी, स्वास्थ्य लगायतको विषयमा जनताको पहुँचलाई स्थापित गर्ने गरी काम गर्ने पनि बताए । नेपालगञ्ज १९ कि इन्चार्ज माओवादी नेतृ मिना मल्लले समृद्ध वडा बनाउने योजना माओवादी संग मात्र रहेको बताउदै भनिन गत निर्वाचनमा जनताले आफ्नो मत दिएर जिताए व्यक्तिले जनताको पक्षमा काम गर्न नसकेकोले अब वडाको विकास गर्ने जिम्मेवारी माओवादी केन्द्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको काँध आएकोले जनताले आफ्नो मत दिने कुरामा विश्वस्त रहेको जिकिर गरिन । कार्यक्रममा माओवादी नेताहरु तिर्थ ज्ञवाली, शालिकराम, वाइसिएल संयोजक मधुसुधन केसी, जनक कार्की, हिरा लाल नेपाली, पुष्पराज गिरि, दामोदर पुरी, शिव रोका  लगायतका नेताहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार