बाँकेमा मतदाता नामावली दर्तामा युवाको अग्रस्थान
२१ कार्तिक २०८२, बिहीबार
बाँके । बाँकेमा फोटोसहितको मतदाता नामावली दर्ता अभियानप्रति नागरिकहरूमा उत्साहजनक सहभागिता देखिएको छ। हालसम्म जिल्लामा ४ हजार १९३ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार नाम दर्ता गराउनेमध्ये ६० प्रतिशत हाराहारी युवा पुस्ता रहेका छन्। उनका अनुसार निर्वाचन कार्यालयमा दैनिक झण्डै दुई सय जना नागरिकले आफ्नो नाम दर्ता गराइरहेका छन् ।
हाल बाँकेमा ३ लाख ३३ हजार ९३४ मतदाता रहेका छन्। तीमध्ये १ लाख ६९ हजार ८७६ पुरुष, १ लाख ६४ हजार ४९ महिला र ९ जना अन्य लिङ्गका मतदाता छन् we।
शाहीले आगामी निर्वाचनमा युवाको सहभागिता अझ उत्साहजनक हुने विश्वास व्यक्त गर्दै, समयमै नाम दर्ता गर्न सबै योग्य नागरिकलाई आग्रह गरेका छन् ।