मुख्य समाचार
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी | सत्तारुढ गठबन्धनको बैठक स्थगित | गण्डकीको कब्जामा रहेको सुस्ता र बर्दघाट पूर्वको भूमि फिर्ता गराउन सांसद काफ्लेको माग | गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन प्रदेश सांसद केसीको माग | शालीनको पोष्टमार्टम रिपोर्ट: बलात्कार पुष्टि भएन, झुण्डिएका कारण मृत्यु | फलामे छड उत्पादन गर्ने कारखानाहरुको अवलोकन गर्न उधोग समितिले उपसमिति बनाउने | टिआरसी विधेयकमा सहमति जुटाउन थप समय माग | क्रान्तिको नेतृत्व गर्नेले नै शान्तिको महत्त्व बुझ्न सक्छ - प्रधानमन्त्री प्रचण्ड | सरकारको समीक्षा र संगठन विस्तारको विषयमा छलफल गर्न जनमतले बोलायो बैठक | मिडिया सम्मेलनको तयारी पुरा, प्रधानमन्त्रीले उदघाटन गर्ने |

नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस मनाइयो

यूथ टुडे समाचारदाता 1804+ समाचार ( )
१९ मंगशिर २०८०, मङ्गलबार

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।

‘स्वास्थ्य क्षेत्रको दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले महिला स्वयंसेविकहरुको सक्रियताको कारण स्वास्थ्य सम्बन्धी सूचकमा सुधार आएको बताउँदै उनले महिला स्वयंसेविकहरुको सक्रियताका कारण नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट पालिका बन्न सकेको भन्दै बधाई दिएका थिए । महिला स्वयंसेविकाले गरेको कामको उच्च मूल्याङ्कन गरेकोले बिशेष प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा बोल्दै नरैनापुर वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले स्वयंसेविकाले समुदायका कुना कुनामा स्वास्थ्यको पहुँच पुराएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले महिला स्वास्थ्य स्वयंसेवीकाको भूमिका निरन्तर रूपमा रहेको र यो अत्यन्तै महत्त्वपूर्ण रहेको बताए । उनले स्वास्थ्य सेवालाई घरघरमा पुर्याउँन र अझ फराकिलो बनाउनु आवश्यक रहेको कुरा औँल्याए । नेपालको स्वास्थ्यको अवस्थाका बारेमा स्वयमसेवीकाहरुले विश्व सामु फैलाएको जिकिर गरे उनले भने महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्यका संवाहक हुन् । 

गंगापुर स्वास्थ्य संस्थाका प्रमुख नबिनले भने घरघरमा स्वास्थ्य सुचनाका साथ समय सापेक्ष आवश्यकता अनुसारको सेवाहरु महिला स्वास्थ्य स्वयम सेविकाले पहिलो लहरमा रहेर पुर्‍याएको बताए । उनले कोभिड १९ मा पनि महिला स्वास्थ्य स्वयंसेविकाले ज्यान जोखिमा राखेर सेवा गरेकोमा प्रशंसा गरेका थिए । 

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथीमा नरैनापुर २ का अध्यक्ष मसुद अहमद शाह, स्वास्थ्य संयोजक नगेन्द्र शाह, जिन्सी शाखा प्रमुख भरत महतो, योजना शाखा प्रमुख प्रकाश अधिकारी, ६ वटै स्वास्थ्य संस्थामा प्रमुख र महिला स्वयंसेविकहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन नविनले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार