मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

प्रहरीले हटायो विरेन्द्रको शालिक, झडपमा दर्जनौ प्रहरी घाइते

यूथ टुडे समाचारदाता 2516+ समाचार ( )
मुलुक गणतन्त्र संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा पुगेको अवस्थामा राजावादी समूहले गरेको यो प्रयास लोकतान्त्रिक जनआन्दोलनमा सहभागी सम्पूर्ण नेपाली जनताको भावनाको विपरित भएको यस्तो कार्य तत्काल रोक्न प्रशासन संग युवाहरुले माग गरेका छन् ।
१८ जेठ २०७९, बुधवार

बाँके । नेपालगञ्जको धम्बोझी चोकमा बिहीबार राप्रपा निकट राष्ट्रवादी युवा समूहले राखेको पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक स्थानीय प्रशासनले हटाएको छ ।

चोकमा रहेको झण्डा फेर्ने बाहानामा राष्ट्रवादी युवा समूहका युवाहरुले बिहीबार बिहान करिव साढे ८ बजेतिर शालिक राखेका थिए । प्रहरीले शालिक राख्दै गरेको देखे पछि हटाएको हो । 

शालिक हटाउन नपाउने भन्दै राप्रपाका युवा कार्यक्रर्ताले प्रहरी माथि ढुंगामुढा गरेपछि केहि समय स्थिति तनावग्रस्त बनेको थियो ।

प्रहरीले शालिक हटाउने क्रममा राजाबादी युवाहरुले अवरोध गर्ने प्रहरीले भिडलाई तितरवितर गर्न ७ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

केही व्यक्तिहरुले जबरजस्तीरुपमा बलप्रयोग गर्दै पूर्वराजा वीरेन्द्रको शालिक राखेर गणतन्त्रको अपमान गरेको युवाहरुले सामाजिक संजालमा लेखेका छन् । 

मुलुक गणतन्त्र संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा पुगेको अवस्थामा राजावादी समूहले गरेको यो प्रयास लोकतान्त्रिक जनआन्दोलनमा सहभागी सम्पूर्ण नेपाली जनताको भावनाको विपरित भएको यस्तो कार्य तत्काल रोक्न प्रशासन संग युवाहरुले माग गरेका छन् । 

शालिक हटाउने क्रममा भएको झडपमा प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार