बाँके । नेपालगंजमा संचालनमा रहेको पिस फुल स्पाले आज सोमबार आफ्नो दोश्रो बार्षिकोत्सव मनाएको छ ।
पिस फुल स्पाकि संचालक रेश्मा चौधरीले नेपालगञ्ज–१० गोसाइगाउँमा दुई बर्ष देखि स्पा सञ्चालन गर्दै आएकि छिन् ।
स्पाको दोस्रो वार्षिकोत्सवमा अधिकारकर्मी एवम् पत्रकार आलम खानले स्पाको दोस्रो वार्षिकोत्सवको शुभकामना दिदैं खानले नेपालगञ्जको पर्यटन विकासमा स्पाले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले चौधरीले हिम्मतका साथ स्पा सञ्चालन गरी दोस्रो वार्षिकोत्सव मनाउँदै गर्दा थप सेवालाई निरन्तरता दिन आग्रह गर्नु भयो । पत्रकार खानले पछिल्लो समय मानिसको स्वास्थ्यका लागि स्पा आवश्यक रहेको उल्लेख गर्दै यसको सेवा लिन सबैलाई आग्रह गर्नु भयो ।
पछिल्लो समय जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै गएकाले उनीहरुको सेवालाई मध्यनजर गर्दै सेवा स्तरीय बनाउदै गएको संचालक चौधरीले बताउनु भएको थियो । सञ्चालक चौधरीले श्रीमान श्रमति समेतले यहाँ आएर सेवा लिन सक्ने उल्लेख गर्नु भयो ।
उहाँले स्पा मानव स्वास्थ्यसँग सम्बन्धित विषय भएकाले यसको सेवा लिनाले मानिसको शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यमा सुधार हुने बताउनु भयो। उहाँले भन्नुभयो‘ स्पाले शारीरिक स्वास्थ्यका अलावा व्यक्तिमा आनन्द र रिल्याक्सेसन पैदा गर्छ । थेरापी आफैंमा एक विज्ञान र आयुर्वेदसँग पनि सम्बन्धित भएकाले आजको भागदौड, व्यस्तता र तनावयुक्त समयमा यो विशेष उपचार विधि कहिलएको छ ।’ स्पा सेवाको लागि २ हजारदेखि ६ हजारसम्म पर्ने चौधरीके जानकारी दिनु भयो ।
पिस फुल स्पामा एकैपटक ९ जना सम्मले विभिन्न प्रकारका थेरापी विधिबाट मांसपेशीहरुको दुखाई, नसा च्यापिएको, ढाड दुखाई लगायतका समस्याहरुबारे उपचार तथा आवश्यक परामर्श सेवा प्रदान गर्न सकिने सञ्चालकको भनाइ छ ।
सो स्पामा मसाज थेरापी, कपिङ थेरापी, पञ्चकर्म, फिस थेरापी लगायतका विभिन्न प्रकारका थेरापीहरुको विधिबाट सामान्य अवस्थाका जो कोहीले पनि शारिरीक तन्दुरुस्ती र स्वस्थ रहनका लागि यसलाई उपयोग गर्न सक्ने छन् ।