मुख्य समाचार
महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि २० जनालाई किट ब्याग हस्तान्त्रण | नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री | युट्युव हरेर आफैले बनाएको कटुवा पेस्तोल पड्किद थारु घाईते | नेपाल कुशवाहा कल्याण समाजको अध्यक्षमा राकेश मेहता चयन | नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न | बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल | पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैद | नरैनापुरमा १०१ औलोका बिरामी भेटिए, ४३ सय जनालाई कीटनाशक झुल वितरण | दुई दिने राजकीय भ्रमण सम्पन्न गरी कतारका अमिर स्वदेश फिर्ता | भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव |

बरगदबाबा खलिल अहमद शाह मजारको मन्त्री भण्डारीद्वारा शिलान्यास

यूथ टुडे समाचारदाता 1924+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

बाँके । बाँकेको डुडुवा गाउँपालिका ३ हलबलडोलीमा निर्माण हुन लागेको बरगदबाबा खलिल अहमद शाह मजारको शिलान्यास गरिएको छ । लुम्विनी प्रदेशका कृषि तथा भूमि ब्यवस्था मन्त्री भण्डारीलाल यादवले बुधवार एक कार्यक्रमका बीच मजारको शिलान्यास गरेका हुन् । 

बरगदबाबा मजार सौन्दर्यकरण तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष जावेद अहमदको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री यादवले यो मजारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताए । उनले डुडुवा गाउँपालिकामा रहेका कमर शाह बाबा मेला धार्मिक तथा सांस्कृतिक पहिचानका रुपमा स्थापित भइसकेकाले बरगदबाबा खलिल अहमद शाहको मजारलाई पनि पर्यटकीय क्षेत्रसँग जोड्नु पर्ने धारणा राखे । 

उनले यसको विकास र समृद्धिका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोगका लागि आफु प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री यादवले यसलाई व्यवस्थित बनाउन र संरक्षण गर्नका निम्ति स्थानीयबासीको भूमिका महत्वपूर्ण हुने बताए । उनले सबैको सहयोग र साथबाट यो योजनालाई पूर्णता दिनुपर्ने बताए । 

मजारको पर्खाल निर्माणका लागि वजेटको ब्यवस्था गर्ने उनले प्रतिवद्धता जनाए । मजार निर्माणका लागि अघिल्ला वर्षमा आएको बजेट प्राविधिक कारणले फ्रिज भएको थियो । निर्माण उपभोक्ता समितिका अध्यक्ष अहमदले मजार निर्माणका लागि बजेट व्यवस्थापन गरेकोमा कृषि मन्त्री यादवलाई धन्यवाद दिए । 

८२ वर्षीय स्थानीय अब्दुल अजिज खाँले लामो समयपछि मजार निर्माण हुन थालेकोमा खुसी व्यक्त गरे । उनले मजार निर्माणपछि पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यो मजारमा स्थानीयमात्र नभएर छिमेकी देश भारतीयहरु समेत आउने गरेका छन् । मजारमा भाकल गरे आफुले मागेको कुरा प्राप्त हुने विश्वास भएको खाँले बताए । 

प्रदेश सरकारको क्षेत्र विकास कोषको योजनामा करिव ३० लाखको लागतमा मजार निर्माण हुन लागेको हो । उपभोक्ता समितिले आगामी जेठ मसान्तसम्म मजार निर्माण सक्ने जनाएको छ । मजार शिलान्यास कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं। ३ का अध्यक्ष अमोदकुमार तिवारी, शिक्षक मोहम्मद हुसेन खाँ, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

श्रवण कुमार यादव ३ फाल्गुन २०८०, बिहीबार

धन्यवाद युथटुडे न्युज परिवार

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार