मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

ट्राफिक व्यवस्थापनका लागि बिशेष अभियान चलाउने प्रहरी निरिक्षक शाहको प्रतिबद्धता

महमूद आलम खान 1132+ समाचार ( )
सवारी दुर्घटना न्यूनिकरणका लागि प्रभावकारी अभियान चालिने
२३ पौष २०७८, शुक्रबार

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाहले जिल्लाको ट्राफिक व्यवस्थापनको सुधारका लागि विशेष अभियान चलाउनुका साथै विभिन्न योजना र कार्यक्रम बनाएर अगाडी बढ्ने बताउनु भएको छ । उहाँले सवारी दुर्घटना न्यूनिकरणका लागि प्रभावकारी अभियान चालिने पनि बताउनुभयो ।

जिल्ला ट्राफिक प्रमुखको कार्यभार सम्हालेको केही दिनपछि शुक्रवार पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक शाहले ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन चाल्नु पर्ने सबै आवश्यक कदमहर चालिने जनाउँदै सो कार्यमा सबैको सहयोग माग्नुभयो । उहाँले सवारी साधनका चालक, यातायात व्यवसायी, आम नागरिक र अन्य उद्योगी व्यवसायी सबैको सहयोगले मात्रै ट्राफिक व्यवस्थापनमा सुधार गर्न सकिने बताउनुभयो ।

दुर्घटना न्यूनिकरणका लागि मापसे चेकिङ, अटो रिक्सा, ई रिक्सा व्यवस्थापन, नेपालगन्ज र कोहलपुर क्षेत्रमा मालबाहक सवारी साधान तोकिएको समयमा लोड अनलोड गर्ने व्यवस्था मिलाउनसका साथै अनटेष्ट र नम्वर प्लेट स्पष्ट नभएका सवारी साधानहरुमा नम्वर प्लेट बनाउन लगाउने कार्यलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

उपलब्ध जनशक्ति र स्रोतसाधनको उपयोग गरेर दुर्घटना न्यूनिकरण लगायत अन्य सबै प्रकारको ट्राफिक व्यवस्थापनको कार्य गरिने शाहको योजना छ ।

सोही अवसरमा गत पाँच महिनाको प्रगति विवरण प्रस्तुत गर्दै सो अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ९२ लाख २१ हजार राजश्व संकलन गरेको जनाईएको थियो । त्यसक्रममा ट्राफिक नियम उल्लंघन गर्ने १६ हजार ८ सय ५ सवारी साधनलाई कारवाही गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार