मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

कानुन व्यवसायीहरुको विरोध प्रदर्शनमा पनि इजलास चल्ने

महमूद आलम खान 1133+ समाचार ( )
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफु बाहेकका १० वटा इजलास तोकेका छन्
३ मंगशिर २०७८, शुक्रबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफु बाहेकका १० वटा इजलास तोकेका छन्। आजका लागि अन्य नियमित मुद्दाहरूको समेत पेशी तोकिएको छ। आजका लागि राणाले ९ वटा संयुक्त इजलास र १ एकल इजलास तोकेका हुन् ।

न्यायाधीशहरू दीपक कुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलास, मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलास, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलास तोकिएको छ। त्यसैगरी विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलास, आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलास, अनिल कुमार सिन्हा र सपना प्रधान मल्लको संयुक्त इजलास, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको संयुक्त इजलास राखिएको छ। तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलास,नहकुल सुवेदीको एकल इजलास राखिएको छ।

यसैबीच प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलनरत कानुन व्यवसायीले आज पनि विरोध प्रदर्शन जारी राखेका छन् । सर्वोच्च अदालत परिसरमा कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । प्रहरीले धर्नास्थलमा कानून व्यवसायीहरूलाई प्रवेशमा रोक लगाउन खोज्दा दुई पक्षबीच घम्साघम्सी भएको हो ।नियमित रुपमा कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ ।

अहिले कानून व्यवसायी सोही ठाउँमा जान खोजिरहेका छन् भने प्रहरीले रोकिरहेको छ । आन्दोलित कानून व्यवसायीहरूले आफूहरू शान्तिपूर्ण धर्ना दिने बताए पनि सुरक्षाकर्मीले उनीहरूलाई रोकेको छ । कानून व्यवसायीले वरिष्ठ अधिवक्तालाई अगाडि लगाएर धर्नास्थल प्रवेश गर्न खोजेका छन् तर प्रहरीले उनीहरूलाई अघि बढ्न दिएको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार