मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय अधिवेशन नेपालगञ्जमा हुँदै

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

बाँके । एमाले निकट नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय अधिवेशन २०८२ वैशाख २०–२१ नेपालगञ्जमा आयोजना गरिने भएको छ ।

सम्मेलनको तयारीका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका इन्चार्ज तथा नेकपा एमाले केन्द्रीय सदस्य मोहम्मद हारुम हल्वाईले नेपाली मुस्लिम समुदायको पहिचान र अधिकार प्राप्तिको लागि नेकपा एमालेको जनवर्गीय सङ्गठनको रुपमा २०४८ सालमा स्थापित भएको नेपाल मुस्लिम इत्तेहाद सङ्गठन विभिन्न खाले आरोह अवरोह पार गर्दै पार्टीको सिद्धान्त, नीति, विचार समुदायसम्म पुर्‍याउने काम गर्दै आएको बताउनु भयो ।

उहाँले सङ्गठनले मुस्लिम समुदायको पक्षका पैरवी गर्ने, पक्षधरका विषयमा काम गर्ने, समुदायको हित, समुदायको अधिकारका लागि वकालत गर्ने सङ्गठन भएको र राजनीतिक, सामाजिक, आर्थिक पक्षमा बहसहरू चलाई समुदायका हक अधिकार सदन देखि सडकसम्म पुराउने कार्य पनि गरिरहेको स्पष्ट पार्नु भयो ।

सङ्गठनको केन्द्रीय अधिवेशन नेकपा एमालेका केन्द्रीय अध्यक्ष, तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ भने कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेलको विशेष राजनीतिक प्रशिक्षण रहने आयोजकले जनाएको छ ।

अधिवेशनमा ४२ जिल्लाबाट ६ सय प्रतिनिधिको सहभागिता रहने छ । अधिवेशन सफल बनाउनका लागि पत्रकार, बुद्धिजीवी, बाँकेवासी आम नागरिक, अन्य आस्थाका सङ्गठनलाई अपिल गरिएको अध्यक्ष सफिक बेहनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार