मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

इरानले भन्यो- सर्त उल्लंघन भयो, अब युद्धविरामको अर्थ छैन

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२६ चैत्र २०८२, बिहीबार

काठमाडौं । इरानले अमेरिकासँग भएको युद्धविराम सम्झौताका तीन सर्त उल्लंघन गरिएको आरोप लगाएको छ । इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले विज्ञप्ति जारी गरी दशबुँदे प्रस्तावका तीन सर्त उल्लंघन गरिएको बताएका हुन् ।

यसमा लेबननमा इजरायलले जारी राखेको आक्रमण पनि उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले अमेरिकालाई विश्वास नगर्नुको कारण भनेको आफ्नो वाचा बारम्बार तोड्ने उसको लामो समयदेखिको बानी हो । यो दुर्भाग्यपूर्ण छ– उसले फेरि आफ्नो उही प्रवृत्ति दोहो¥याएको छ ।’

इरानी सभामुखले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘अमेरिकी राष्ट्रपतिले स्पष्ट रूपमा भनेका थिए– इरानको दशबुँदे प्रस्ताव वार्ताको ’आधार’ हो । तर अहिलेसम्म यस प्रस्तावका तीन हिस्सा उल्लंघन गरिएको छ ।’

इरानका अनुसार ‘लेबननमा पनि युद्धविराम गरिने सर्त पालना गरिएन । जबकि मध्यस्थकर्ता मुलुक पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पनि स्पष्ट रूपमा भनेका थिए, युद्धविराम तुरुन्तै लागु गरिनुपर्छ लेबनन र अन्य क्षेत्रमा पनि ।’

इरानी सभामुख गालिबाफले थप भनेका छन्, ‘जुन प्रस्तावमा वार्ता गरिनुपर्ने थियो, त्यो छलफल सुरु हुनुभन्दा अगाडि नै तोडिएको छ । यस्तो अवस्थामा दुईतर्फी युद्धविराम वा वार्ता कुनै अर्थ छैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार