मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

नेपाल संवाद क्लब कर्णाली प्रदेश समितिको औपचारिक घोषणा

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
गोविन्द विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन
६ पौष २०८२, आइतबार

सुर्खेत । नेपाल संवाद क्लब कर्णाली प्रदेश समितिको औपचारिक घोषणा कार्यक्रम आज २०८२ साल पुस ६ गते सुर्खेतमा सम्पन्न भएको छ। कार्यक्रममा नेपालकै चर्चित तथा वरिष्ठ पत्रकार ऋषि धमला प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रम नेपाल संवाद क्लब कर्णाली प्रदेश संयोजक टेकेन्द्र विश्वकर्माको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल संवाद क्लबका केन्द्रीय अध्यक्ष आशिष मल्ल ठकुरी अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै केन्द्रीय महासचिव दीपक रावल, केन्द्रीय उपाध्यक्ष दीक्षा बुढा क्षेत्री, केन्द्रीय सदस्य नविना रावल, केन्द्रीय सह–सचिव तुलवीर विश्वकर्मा र केन्द्रीय कोषाध्यक्ष भावना बुढा मल्लको समेत उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा नेपाल संवाद क्लब कर्णाली प्रदेशका सह–संयोजक जीवन तिरुवा, उद्योग वाणिज्य संघ सुर्खेतका निवर्तमान अध्यक्ष लक्ष्मण कडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष सुशील राज शर्मा तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सचिव विष्णु न्यौपानीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रमुख अतिथि ऋषि धमलाले कर्णाली प्रदेश पत्रकारिता र सञ्चारको दृष्टिले महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै नेपाल संवाद क्लबले कर्णालीको आवाजलाई राष्ट्रिय स्तरमा पुर्‍याउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले निष्पक्ष, तथ्यपरक र जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याउँदै युवा पत्रकारहरूलाई संगठित बनाउनु आजको आवश्यकता भएको बताउनुभयो।

कार्यक्रममा नेपाल संवाद क्लब कर्णाली प्रदेश समितिको १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा घोषणा गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा गोविन्द विश्वकर्मा चयन हुनुभएको छ। वरिष्ठ उपाध्यक्षमा प्रज्वल चुनारा, उपाध्यक्षमा मालती बिक चयन हुनुभएको छ।

त्यसैगरी महासचिव तथा प्रवक्तामा सञ्जीव कुमार बिसी, सचिवमा यादव पौडेल, उप–सचिवमा डिलु सुनार र कोषाध्यक्षमा विवेक स्वर्णकार चयन हुनुभएको छ। सदस्यहरूमा किरण बुढा क्षेत्री, नविन पुरी, शान्ति बिक, जगत सुनार, विपना विश्वकर्मा, रविन्द्र तिवारी, भरत सुनार र अजय बिक रहनुभएको छ।

नवनिर्वाचित अध्यक्ष गोविन्द विश्वकर्माले कर्णाली प्रदेशमा संवाद, पत्रकारिता र सामाजिक उत्तरदायित्वलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संगठनलाई प्रदेशभर विस्तार गर्दै पत्रकारहरूको क्षमता विकासमा काम गर्ने बताउनुभयो।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष टेकेन्द्र विश्वकर्माले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सहभागी तथा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार