मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

पूर्व मन्त्री अब्दुल खानले गृह जिल्ला बर्दिया पुगेर गरे योजनाको अनुगमन

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

बर्दिया  । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानले बर्दियामा संचालित विकास निर्माणको काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

सभापति खानको पहलमा संघिय सरकारले बिनियोजन गरेको बजेटबाट निर्माण भइरहेको विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन निर्माण कम्पनीलाई सभापति खानले आग्रह गर्नुभयो ।

गृह जिल्ला बर्दियामा निर्माण भइरहेको विकास आयोजनाको निरीक्षण तथा विभिन्न कार्यक्रममा सहभागी हुन सोमबार गुलरिया पुग्नु भएका सभापति खानले नगरपालिकाको वडा नं ११/१२ मा कब्रलाको बाउण्डरी निर्माण, वडा नं ८ मा ४० लाख लागतमा निर्माण भइरहेको मुक्ति नारायण भादा घाट, वडा नं १० मा थारु प्रशिया सम्मको रोड निर्माण र गुलरिया १ छेदापुरमा निर्माण भइरहेको सडक र नालाको साथै गुलरिया १ मा निर्माण भईरहेको अर्बौ लगानीको टायल उधोग लुम्बिनी सेरामी लिमिटेडको समेत निरिक्षण गर्नु भएको थियो ।

उहाँले यहाँ सञ्चालित आयोजना छिटोभन्दा छिटो मापदण्ड पालना गरी गुणस्तरसहित सम्पन्न गर्न संघिय आयोजना कार्यान्वयन निकाय नेपालगञ्जका सब इन्जिनियर बलराज सिग्देल सहित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । 

इन्जिनियर सिग्देलले चैत मसान्त भित्रै काम सम्पन्न गर्ने गरि ठेकेदारहरुले काम गरिरहेको जानकारी गराउनु भएको थियो । यसैगरी सभापति खानले जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कढायतको अध्यक्षतामा बर्दियाका उधोग वाणिज्य संघको प्रतिनिधि, व्यापारी र सरोकारवाला संग व्यापारीहरुको समस्या र सरकारले बनाउने नितिहरुको बिषयमा छलफल गर्नु भएको स्वकिय सचिव अतिउल्ला मुसलमानले जानकारी दिनु भयो। । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार