मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

मानसरोबर बिषेश साँझ’ अब नेपालगन्जमा

महमूद आलम खान 1132+ समाचार ( )
बाँकेको नेपालगञ्जमा अतिथिलाई दैनिक बिषेश प्रस्तुतिका साथ मनोरञ्जन गर्ने उद्देश्यले होटेल मानसरोबर होम एण्ड रेष्टुरेन्टले ‘मानसरोबर बिषेश साँझ’ संचालनमा ल्याएको छ ।
३ फाल्गुन २०७८, मङ्गलबार

बाँके । ‘मानसरोबर बिषेश साँझ’ सोमबार साँझ एक कार्यक्रम बीच बिधिवत रुपमा सद्धघाटन भएको छ । बाँकेको नेपालगञ्जमा अतिथिलाई दैनिक बिषेश प्रस्तुतिका साथ मनोरञ्जन गर्ने उद्देश्यले होटेल मानसरोबर होम एण्ड रेष्टुरेन्टले ‘मानसरोबर बिषेश साँझ’ संचालनमा ल्याएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका ४, बाईपास चोक स्थित रहेको होटेल मानसरोबर संगै अतिथिलाई बिभिन्न कार्यक्रम तथा प्रस्तुतिका साथ मनोरञ्जन गर्ने उद्देश्यले मानसरोबर बिषेश साँझ संचालनमा ल्याएको संचालक समितिले जनाएको छ । 

आषिश मल्ल ठकुरी र टोपेन्द्र वलीको संयुक्त लगानी रहेको मानसरोबर बिषेश साँझ सोमबार ‘भ्यालेन्टाईन डे’ अर्थात प्रणय दिवसको अवसरमा एक कार्यक्रम बीच उद्धघाटन गरिएको हो । 

जन्मदिन मनाउन आएका नरायण बिसी र उनी पत्नी ललिता डिसिले रिबन काटेर मानसरोबर बिषेश साँझको उद्धघाटन गर्न बिषेश अवसर प्राप्त गरेका थिए ।

कार्यक्रमको प्राविधिक मानोरञ्जन समुहमा हारमुनियम तर्फ बलु तामाङ, मादल तर्फ सुरेश गन्दर्भ, अक्ट्रयाक तर्फ ठग्गा चौधरी रहेका छन । 

त्यस्तै, गायक छवि डागी, गायक कल बहादुर, बपाल मगर, गायिका राधिका हमालले सोमबार भ्यालेन्टाईन साँझ तथा उद्धघाटन समारोहलाई भब्य प्रस्तुतिका साथ मनोरञ्जनमय बनाएका थिए । 

प्रमुख अतिथि बरिष्ठ सञ्चारकर्मी तथा बरिष्ठ गायक कमल बिक निर्मोहीले होटेल मानसरोबर होम एण्ड रेष्टुरेन्टले संचालनमा ल्याएको ‘मानसरोबर बिषेश साँझ’ कलाकारहरुका लागि एउटा प्लेटफर्म समेत रहेको बताएका छन । लुकेको कला उजागर गर्न र आफनो प्रस्तुतिलाई बाहिर ल्यान सहयोग समेत पुर्‍याउने विश्वास लिएका छन । 

संचालक समिति अनुसार अब दैनिक रुपमा मनोरञ्जन गरेर अतिथिको साँझ बिषेश बनाईनेछ । साता दिनमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेनुका साथै बिषेश कार्यक्रम आयोजना गरिने बताईएको छ । कालीजको मासु, लोकल कुखुरा, नदीको माछा, बटाईको मासु लगायतका आर्गेनिक परिकारहरु मानसरोबरको विशेषता रहेको छ । 

आषिश मल्ला ठकुरी अनुसार तीन वर्ष अगाडी ३५ वटा रुम, एउटा हल, रेष्टुरेन्टका साथ संचालनमा ल्याईएको उक्त होटल कोभिड संक्रमणका कारण पछाडी परेको थियो । केही दिन अगाडी मानसरोबर बिशेष साँझको सम्पूर्ण तयारी पुरा भईसक्दा पनि कोभिडका कारण पुन प्रभावित हुन पुगेको थियो । तर अब सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सबै क्षेत्र खोल्न अनुमति दिए लग्त्तै संचालनमा ल्याईएको बताए । अब दैनिक स्पेशल प्रोग्रामका साथ संचालनमा रहने बुझिएको छ । 

कार्यक्रममा मधुर खबरका मधु पौडेल, सत्यम खबरका चन्द्रेश्वरराज त्रिपाठी, लोकप्रिय दैनिकका दिनेश ठाकुर, नाईल खबर फोटोग्राफीका अजय पाठक, नाईल खबरकी संध्या शर्मा लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार