रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ९ मा पर्ने धरहरी गाउँमा कालोपत्रे सडक शिलान्यास गरिएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति एवं पुर्व मन्त्री अब्दुल खानले एक कार्यक्रमका बिचबिच बाटोको शिलान्यास गर्नु भएको हो ।
कार्यक्रममा देवाही गोनाही नगरपालिकाका मेयर प्रेम लाल साह,जनमत पार्टीका नेता तथा कार्यकर्ता र आम जनसमूदायको बाक्लो उपस्थिती रहेको खानका निजि सचिव ई.अतिउल्लाह मुसलमानले जानकारी दिनु भयो । शिलान्यास कार्यक्रम सम्पन्न भए पछि पत्रकारहरुसंग कुरा गर्दै सभापती खानले आज गाँउ गाँउमा कालोपत्रे सडक निर्माण हुनु संघियताको प्रमुख देन भएको बताउनुभयो ।
संघियताको विषयमा अनर्गल दुसप्रचार गर्नु सुनियोजित षडयन्त्र भएको उल्लेख गर्दै सभापति खानले तमाम आन्दोलन र बलिदान पछि प्राप्त संघीय ब्यवस्था माथि खेलवाड गर्नेलाई मधेशी जनताले कुनै हालतमा माफ गर्न नसक्ने बताउनु भयो ।
सभापति खान शुक्रबारनै धरहरी माध्यमिक विद्यालयमा जडान गरिएको खानेपानी धाराको पनि अनुगमन गर्नुभएको थियो । शुक्रबारनै सभापती खानले वर्षौ देखि बन्द अवस्थामा रहेको गरुडा चिनि मिलको पनि अनुगमन गर्नुभएको थियो । शुक्रबार नै सभापति खान काठमाडौं फर्किनु भएको निजि सचिव ई.अतिउल्लाह मुसलमानले बताउनु भयो ।