मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

सिमा नाकामा सशस्त्र प्रहरीद्वारा शौचालय, खानेपानी र प्रतिक्षालय निर्माण

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
२ माघ २०८१, बुधवार

बाँके । बाँकेको पुर्वी सीमा क्षेत्र सुइया नाकामा सशस्त्र प्रहरीले निर्माण गरेको शौचालय, खाने पानी ट्यांकी र प्रतिक्षालयको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले उदघाटन गर्नु भएको छ । 

भारत संग सीमा जोडिएको डुडुवा गाउँपालिकाको १ खडैचामा प्रतिक्षालय, खानेपानी ट्याङ्की र नरैनापुर १ सुइयामा शौचालय र खाने पानी ट्यांकी २ लाख लागतमा निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बागेश्वरीका प्रहरी उपरिक्षक बिमल डाँगीले बताउनु भयो । 

सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत सिमा क्षेत्र नागरिकको सहायताका लागि शौचालय, खानेपानी र पानी ट्यांकी निर्माण गरिएको जानकारी दिनु भयो । 

सीमाका बासिन्दालाई फौजमा आकर्षित गर्न सशस्त्र प्रहरीले सीमा क्षेत्रलाई लक्षित गरेर ‘बोर्डर एरिया डेभलपमेन्ट प्लान’ सञ्चालन गरिरहेको सो योजना अन्तर्गत नेपाल–भारत सिमानाका स्थानीयको आवश्यकता अनुसार सशस्त्र प्रहरीले धारा, प्रतिक्षालय र शौचालय निर्माण गर्दै आएको जिकिर गर्नुभयो । 

कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले पुर्‍याएकाे योगदान सराहनीय रहेको बताउनु भएको थियो ।

कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीमा क्षेत्रमा बसोवास गर्ने स्थानीयसँगको सम्वन्ध अझ प्रगाढ र सुमधुर बनाएर काम गर्न सशस्त्र प्रहरीलाई सुझाव दिनु भयो । उहाँले समाजसँगको सम्वन्ध थप प्रगाढ बनाउँदै लगे सशस्त्र प्रहरीको काम, कारवाही अझ प्रभावकारी बन्ने बताउनुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सीमा क्षेत्रमा सशस्त्र प्रहरी उभिएको देख्दा राष्ट्र नै त्यहाँ उभिएको भान हुने गरेको बताउनु भयो । उहाँले नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी, तस्करी नियन्त्रणसँगै सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायतको सवालमा सशस्त्र प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । 

डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गरिरहेको भूमिका अतुलनीय रहेको भन्दै प्रशंसा गर्नु भयो । उहाँले सशस्त्र प्रहरी संग समन्वय गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रहरी नायब उपरिक्षक गजेन्द्र चन्द, वडा अध्यक्ष इसाक जोलाह, मसुद अहमद शाह सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर चन्द लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार