मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

प्रथम बैजनाथ महोत्सबमा प्रिती आलेको चर्चित गीतमा झुमे दर्शक

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१३ माघ २०८०, शनिबार

बाँके । "मेहनत सृजना , उत्पादन र वस्तु : मेरै नेपालको प्रथम बैजनाथ तथा छैटौं औधोगिक लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव-२०८० "कृषि पर्यटन उद्योग र उत्पादन संस्कृतिको पहिचान विकास र सम्मदि बेजनायो अभियान भन्ने मुल नाराका साथ संचालन भैरहेको महोत्सवको चौथो दिन शनिबार चर्चित गायिका प्रिती आलेको गीतहरुमा महोत्सबमा उपस्थित दर्शक झुमेका छन् ।

प्रितिले आफ्ना चर्चित गीतहरु गाउँदै दर्शकलाई मनोरञ्जन दिनु भएको थियो । महोत्सवमा चर्चित गायिका आलेले गाउनुभएको ¥याप ब्याटल दोहोरी गीत ‘आयो तेरो मिस चुबलाग साला थिस’ बोलको चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका छन् ।

महोत्सवमा गायीका प्रितीले गाउनुभएको चर्चित चर्चित गीतहरु ‘सोल्टी राजाको कम्मरमा पानी सोल्टी राजाको टुम्लेटमा पानी, आयो तेरो मिस चुपलाग साला थिस, आफ्नै बाटो लागहाल बरु बेर्थै पिंटाई भेट्लास है भाईहरु, डांडै माथी पिपल, सम्पत्ती न मेरो जींउडाल के को मायाजाल, त मेरो खुट्टाको जुत्ता’ लगायतका गीतहरु दर्शक माझ पस्कीनु भएको थियो । आलेका सबै गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लासका साथ रमाएका थिए ।

 यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने महोत्सवका संयोजक सुमन विश्वकर्माले जानकारी दिनु भएको छ । महोत्सव माघ २१ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । 

शनिवार महोत्सवको उद्धोषण कोष बहादुर खड्काले गर्नुभएको थियो । महोत्सवमा मोडल तथा डान्सर टिका जैसी लगायत द लेभल अफ डान्स ग्रुपको बेजोड प्रस्तुती संगै स्थानीय कलाकारहरूले पनि प्रस्तुति राखेका थिए । महोत्सवमा १०देखि १२ हजार दर्शकको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार