मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

जानकी गाउँपालिकामा भूमिहीनलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँच सुरु

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

बाँके । बाँकेको जानकी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरणका लागि जग्गा नापजाँचको काम सुरु गरेको छ । जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै रोकिएको जग्गा नापजाँचको कामलाई सुरु गरिएको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताउनुभयो । 

आज वडा नं। ५ राम गाउँमा जग्गा नापजाँच कार्यको शुभारम्भ गर्दै अध्यक्ष खाँले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने विश्वास दिलाउनुभयो । ‘लामो समयदेखिको भूमिहीन समस्या समाधानका लागि हाम्रो अथक प्रयास छ’ उहाँले भन्नुभयो–‘अब ढुक्क हुनुहोस् तपाईँले जोतभोग गर्दै आएको जग्गाको मालिक तपाईँ नै भएको पुर्जा प्राप्त गर्नुहुनेछ । नापजाँचको काममा पालिकाबाट खटिएका प्राविधिकहरूलाई सहजीकरण गरेर सहयोग गरिदिनुहोस् ।’ 

जानकी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष टिकानाथ यादवले भूमिहीनको समस्यालाई अब दीर्घकालीनरुपमा समाधान गर्ने गरी काम भइरहेकाले सबै वडावासीले सहयोग गर्नुपर्ने बताउनुभयो । वडा नं। ५ मा करिब ६०० भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको जानकी गाउँपालिकाका भूमि शाखाका सर्वेक्षक गोकुल यादवले जानकारी दिनुभयो । 

जग्गा नापजाँच कार्यको शुभारम्भ कार्यक्रममा भूमि समस्या समाधान आयोगका बाँके अध्यक्ष घननाथ खनाल, सदस्य तलत प्रवीण खान, सदस्य सचिव नापी कार्यालय बाँकेका प्रमुख गुणेश्वर यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक, कार्यपालिका सदस्य, वडा सदस्य, योजना शाखाकी प्रमुख शोभा पौडेल, भूमि शाखाका प्राविधिक कर्मचारीहरू र स्थानीयहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार