मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

जानकी गाउँपालिकामा भूमिहीनलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँच सुरु

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
२३ वैशाख २०८२, बुधवार

बाँके । बाँकेको जानकी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरणका लागि जग्गा नापजाँचको काम सुरु गरेको छ । जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै रोकिएको जग्गा नापजाँचको कामलाई सुरु गरिएको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताउनुभयो । 

आज वडा नं। ५ राम गाउँमा जग्गा नापजाँच कार्यको शुभारम्भ गर्दै अध्यक्ष खाँले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने विश्वास दिलाउनुभयो । ‘लामो समयदेखिको भूमिहीन समस्या समाधानका लागि हाम्रो अथक प्रयास छ’ उहाँले भन्नुभयो–‘अब ढुक्क हुनुहोस् तपाईँले जोतभोग गर्दै आएको जग्गाको मालिक तपाईँ नै भएको पुर्जा प्राप्त गर्नुहुनेछ । नापजाँचको काममा पालिकाबाट खटिएका प्राविधिकहरूलाई सहजीकरण गरेर सहयोग गरिदिनुहोस् ।’ 

जानकी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष टिकानाथ यादवले भूमिहीनको समस्यालाई अब दीर्घकालीनरुपमा समाधान गर्ने गरी काम भइरहेकाले सबै वडावासीले सहयोग गर्नुपर्ने बताउनुभयो । वडा नं। ५ मा करिब ६०० भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको जानकी गाउँपालिकाका भूमि शाखाका सर्वेक्षक गोकुल यादवले जानकारी दिनुभयो । 

जग्गा नापजाँच कार्यको शुभारम्भ कार्यक्रममा भूमि समस्या समाधान आयोगका बाँके अध्यक्ष घननाथ खनाल, सदस्य तलत प्रवीण खान, सदस्य सचिव नापी कार्यालय बाँकेका प्रमुख गुणेश्वर यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक, कार्यपालिका सदस्य, वडा सदस्य, योजना शाखाकी प्रमुख शोभा पौडेल, भूमि शाखाका प्राविधिक कर्मचारीहरू र स्थानीयहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार