मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

पैगम्बर मोहम्मदको बिरुद्धमा स्टाटस लेख्ने जालान माथि कारवाहीको माग गर्दै नेपालगंजमा शुक्रबार प्रर्दशन हुने

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
२६ जेठ २०७९, बिहीबार

बाँके । भारतको सत्तासीन हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा)का नेताको विवादास्पद टिप्पणीलाई बिश्वका मुस्लिमहरुले आक्रोश व्यक्त गरिरहेको बेला नेपालगंजका राजेश जालानले इस्लाम धर्मका सन्देष्टाका विरुद्धमा फेसबुकमा लेखे पछि बाँकेका मुस्लिमहरु जालान माथि कारवाहीको माग गर्दै प्रदर्शन गर्ने भएका छन् । 

मुस्लिमहरुको आज बसेको बैठकले भारतीय जनता पार्टीका नेता नूपूर शर्माको अभिव्यक्ति र नेपालगंजका राजेश जालान बिद्रोहीको स्टाटसको निन्दा गरेका छन् । बाँकेको धार्मिक सदभावलाई बिथोल्ने कुचेष्टा गरेका राजेश जालान माथि अविलम्ब कारवाहीको माग गर्दै शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने तयारी गरिएको अभियान्ता अजिज अन्सारीले बताउनु भयो । 

भारतीय जनता पार्टीका नेता नूपुरले दिएको अभिव्यक्तिलाई हवाला दिदै जालानले इस्लाम धर्मका सन्देष्टको चरित्र माथि प्रश्न खडा गरी भारतमा भईरहेको विवादलाई नेपालमा समेत गराउने तरिकाले स्टाटस लेखेकोले जालान माथि कारवाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाउने साहिद सिद्धिकीले जानकारी दिनु भयो । 

यो विवादको केन्द्रमा नुपूर शर्मा छिन्, उनी भाजपाकी प्रवक्ता थिइन् । उनले गत महिना टेलिभिजन बहसको दौरानमा इस्लाम धर्मका प्रवर्तक मोहम्मदको बारेमा दिएको आपत्तिजनक अभिव्यक्ति भाइरल भएको थियो । यस्तै, पार्टीको दिल्ली इकाईका मिडिया प्रमुख नवीन जिन्दालले पनि उक्त मुद्दामा उत्तेजक ट्विट गरेका थिए । भने बाँकेको नेपालगंज त्रिभुवन चौक निवासी राजेश जालानले फेसबुकमा स्टाटस लेखेर नेपाली मुस्लिमहरुलाई आक्रोसीत बनाएका छन् ।

आलोचकहरूका अनुसार शर्मा र जिन्दालको टिप्पणी र जालानको स्टाटसले बाँकेमा गहिरो धार्मिक ध्रुवीकरण प्रतिबिम्बित गरेको छ । जालान जस्ता धार्मिक अभिव्यक्ति दिनेहरु माथि तत्काल कारवाही नगरिए सदभावमा ठूलोमा असर गर्ने अधिकारकर्मी साहिल अन्सारीको भनाई छ ।  

मानव अधिकारकर्मी आलम खानले भन्नुभयो, “कुनै पनि धर्मको कुनै पनि धार्मिक व्यक्तित्वको अपमानको कडा निन्दा गर्दछु ।” उहाँले भन्नुभयो,सम्प्रदाय वा धर्मको अपमान गर्नेहरुलाई अबिलम्ब नियन्त्रणमा लिई कारवाही गर्न जरुरी छ ।

मुस्लिमहरुले भनेका छन् “यस्ता इस्लामोफोबिक टिप्पणीहरू बिना सजाय बोल्न अनुमति दिनु मानव अधिकारको संरक्षणको लागि गम्भीर खतरा हो । यसले थप पूर्वाग्रही र सीमान्तकृततर्फ उन्मुख गराउँछ  । हिंसा र घृणाको चक्र सिर्जना गर्न सक्छ ।” त्यसैले राजेश जालानलाई कारवाही गर्न जरुरी रहेको मुस्लिमहरुले निष्कर्ष निकालेका छन् । शुक्रबार जुमाको जमाज पश्चात जामा मस्जिदबाट शान्तीपूर्ण प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर ज्ञापन पत्र बुझाउने तयारी गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार