मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

शहीद आयुष थापाको सपना बोकेर मैदानमा दिपेन्द्र विष्ट

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
‘जेन–जी’को आवाजलाई नीति र योजनामा रूपान्तरण गर्ने प्रतिबद्धता
२२ माघ २०८२, बुधवार

बाँके । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार दिपेन्द्र विष्टले शहीद आयुष थापाको बलिदान र भावनालाई आत्मसात गर्दै आफ्नो चुनावी अभियानलाई नयाँ उचाइमा पुर्‍याउनुभएको छ। सम्पर्क कार्यालय उद्घाटनदेखि घरदैलो अभियानसम्म विष्टले शहीदको सपना—भ्रष्टाचारमुक्त, समतामूलक र न्यायपूर्ण समाज—पूरा गर्नु नै आफ्नो राजनीतिक यात्राको मूल लक्ष्य भएको स्पष्ट पार्नुभएको छ।

सम्पर्क कार्यालय उद्घाटन तथा युवा–संवाद कार्यक्रममा बोल्दै उम्मेदवार विष्टले शहीद आयुष थापालाई केवल एउटा नाम होइन, नयाँ पुस्ताको विद्रोह, साहस र परिवर्तनको प्रतीकका रूपमा व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो,“आयुष थापा यो पुस्ताको ढुकढुकी हुन्। उनले जुन व्यवस्था र न्यायका लागि आफ्नो जीवन अर्पण गरे, त्यसलाई संस्थागत गर्नु हाम्रो ऐतिहासिक दायित्व हो।”

विष्टले आजका युवाहरू गफ र आश्वासनभन्दा माथि उठिसकेको उल्लेख गर्दै ‘जेन–जी’ पुस्ता परिणाम, पारदर्शिता र प्रत्यक्ष कार्यान्वयन चाहने पुस्ता भएको बताउनुभयो। “हामी आयुषका सपनाहरूलाई भाषणमा होइन, वडाको नीति, बजेट र योजनामा समेटेर अगाडि बढ्नेछौँ,” उहाँको भनाइ थियो।

बाँके क्षेत्र नम्बर २ का युवाहरूले भ्रष्टाचारमुक्त समाज र स्वदेशमै रोजगारीको माग राखेका थिए । ती मागप्रति प्रतिबद्धता जनाउँदै विष्टले नेपाली कम्युनिष्ट पार्टी र आफ्नो चुनाव चिह्न ‘तारा’ ले विकास र सुशासनको नयाँ दिशाको नेतृत्व गर्ने दाबी गर्नुभयो ।

शहीद आयुष थापाका सहयात्री तथा स्थानीय युवाहरूले दिपेन्द्र विष्टको उम्मेदवारीलाई शहीदको सपनासँग जोडेर हेरेका छन्। एक स्थानीय युवाले भने,“हामीलाई यस्तो नेतृत्व चाहिएको छ, जसले शहीदको रगतको सम्मान गरोस् र युवालाई प्रविधिसँगै उत्पादन र रोजगारीमा जोडोस्।”

घरदैलो अभियानका क्रममा उम्मेदवार विष्टले शहीद आयुष थापाको परिवारसँग भेट गरी उहाँहरूबाट आशीर्वाद समेत लिनुभएको छ। सो अवसरमा उहाँले वडा नम्बर १ लाई शहीद आयुष थापाको सम्झनामा ‘नमुना शहीद ग्राम’ का रूपमा विकास गर्ने भावुक प्रतिबद्धता व्यक्त गर्नुभयो।

शहीदको सपना, युवाको आकांक्षा र जनताको भरोसा बोकेर दिपेन्द्र विष्ट बाँके–२ मा नयाँ राजनीतिक आशाको प्रतीक बन्दै अघि बढ्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार