मुख्य समाचार
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार | कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित | मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र पारित, ऐन निर्माणको तयारीमा सरकार |

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

यूथ टुडे समाचारदाता 3591+ समाचार ( )
२९ अशोज २०८३, बिहीबार

बर्दिया । बाँके युनेस्को क्लब (BUC) ले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालित सुरक्षा परियोजना (Surakshya Project) अन्तर्गत अति विपन्न चार परिवारका छ जना बालबालिकालाई करिब एक लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री, खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ।

राजापुर नगरपालिका वडा नं. २, ३, ५ र ८ का आर्थिक तथा सामाजिक रूपमा कमजोर तथा विपन्न परिवारका बालबालिकालाई लक्षित गरी उक्त सहयोग सामग्री वितरण गरिएको हो। बालबालिकाको दैनिक जीवनयापन सहज बनाउनुका साथै उनीहरूलाई नियमित रूपमा विद्यालय जान र पठनपाठनलाई निरन्तरता दिन प्रोत्साहित गर्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको हो।

सहयोग सामग्री राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारूले सम्बन्धित परिवारका बालबालिकालाई हस्तान्तरण गर्नुभएको थियो। सामग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरी, शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईं, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बी.के., वित्त तथा खरिद अधिकृत होमकुमार चौधरी र फिल्ड सुपरभाइजर प्रमिसा थारूलगायतको सहभागिता रहेको थियो।

आर्थिक अभावका कारण बालबालिकाको शिक्षा तथा दैनिक जीवनयापनमा पर्न सक्ने कठिनाइ न्यूनीकरण गर्ने उद्देश्यले शैक्षिक सामग्री, खाद्यान्न र लत्ताकपडा उपलब्ध गराइएको हो। यस सहयोगले विपन्न परिवारका बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न, शिक्षामा उनीहरूको निरन्तर पहुँच सुनिश्चित गर्न तथा सिकाइ प्रक्रियालाई सहज बनाउन सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सहयोग सामग्री हस्तान्तरणपछि नगर प्रमुख श्री दीपेश थारूले बालबालिकालाई नियमित रूपमा विद्यालय जान, लगनशीलताका साथ अध्ययन गर्न र उपलब्ध शैक्षिक अवसरहरूको सदुपयोग गर्न प्रोत्साहित गर्नुभयो। उहाँले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै उनीहरूको सिकाइ निरन्तरता र शैक्षिक प्रगतिमा जोड दिनुभयो।

यस सहयोगबाट बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीको अभाव कम भई विद्यालयमा अध्ययन गर्न सहज हुने तथा नियमित विद्यालय उपस्थितिका लागि थप उत्प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। त्यसैगरी, खाद्यान्न तथा लत्ताकपडाको सहयोगले सम्बन्धित परिवारको दैनिक आवश्यकतामा केही राहत पुग्ने विश्वास गरिएको छ।

हरेक बालबालिकाले शिक्षा प्राप्त गर्ने, सुरक्षित वातावरणमा हुर्कने र सम्मानजनक जीवन जिउने अवसर , आर्थिक तथा सामाजिक कठिनाइका कारण कुनै पनि बालबालिकाको सिकाइ र विकासमा अवरोध आउन नदिन स्थानीय सरकार, समुदाय तथा विकास साझेदारबीचको सहकार्य महत्त्वपूर्ण भयको साथै बालबालिकाको आवश्यकता सम्बोधन गर्दै उनीहरूको शिक्षा, संरक्षण र उज्ज्वल भविष्य सुनिश्चित गर्न पहल गरिएको सस्थाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार