मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

पूजा सिंहलाई डिआइजीमा बढुवा

महमूद आलम खान 1133+ समाचार ( )
एसएसपी सिंह काभ्रेमा एसपी हुँदा आर्थिक हिनामिनामा मुछिएकी थिइन् । अख्तियारको छानबिनमा उनले भ्रमण भत्ताको नाममा नक्कली बिल बनाएर लाखौं अनियमितता गरेको पुष्टि भएको थियो ।
२४ पौष २०७८, शनिबार

काठमाडौं । प्राविधिकतर्फको दरबन्दीलाई प्रशासनमा ल्याएर नेपाल प्रहरीमा विवादित एसएसपीलाई डिआइजीमा बढुवा गरिएको छ । सञ्चार निर्देशनालयमा रहेको डिआइजीको प्राविधिक पदलाई महिला तथा बालबालिका सेवा निर्देशनालयमा ल्याएर पूजा सिंहलाई डिआइजीमा बढुवा गरिएको हो ।

शुक्रबारको बढुवा सिफारिस समितिले सो निर्णय गरेको हो । एसएसपी सिंह काभ्रेमा एसपी हुँदा आर्थिक हिनामिनामा मुछिएकी थिइन् । अख्तियारको छानबिनमा उनले भ्रमण भत्ताको नाममा नक्कली बिल बनाएर लाखौं अनियमितता गरेको पुष्टि भएको थियो । तर, पछि दबाबको आधारमा मुद्दा तामेलीमा राखिएको थियो ।

५५ वर्षे उमेरहदले आगामी महिना अवकाश पाउने भएपछि उनलाई बढुवा गर्न प्रााविधिक पदलाई प्रशासनमा ल्याइएको हो । जबकी उनीसँगैका अन्य डिआइजीलाई भने अवकाश दिइएको छ । करिअरको फ्रष्टेसनकै कारण सोही ब्याचका एसएसपी सुशील कुमार यादबले दुई साताअघि आत्महत्या गरेको उनको निकटले बताएका छन् । तर, सिंहलाई भने चलखेलका आधारमा बढुवा गरिएको छ । स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाण निकट व्यक्तिहरुको चलखेलका आधारमा उनको बढुवा भएको हो । यो बढुवामा प्रहरीमा थप असन्तुष्टि बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार