बम बनाउने क्रममा नेपालगञ्जमा बम विष्फोट, २ जना घाइते

यूथ टुडे समाचारदाता 3272+ समाचार ( )
नेत्र विक्रम चन्द (विप्लब) समूहका कार्यकर्ता पक्राउ
३० कार्तिक २०७९, बुधवार

बाँके । नेपालगञ्जमा बम विस्फोट भएको छ । नेपालगञ्ज १० भृकुटीनगरस्थित जिल्ला स्वास्थ्य कार्यालय नजिकैको एक घरमा बम विस्फोट भएको बाँके प्रहरीले जनाएको छ । बम बनाउने क्रममा विस्फोट भएको अनुमान प्रहरीले गरेको छ । उक्त घटनामा परी दुई जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।

बम बनाउने क्रममा विस्फोट हुँदा दुई जना व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विस्फोट हुँदा घरको सिलिंगमा क्षती समेत भएको छ । उनीहरु नेत्र विक्रम चन्द (विप्लब) समूहका कार्यकर्ता रहेको बुझिएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा अध्ययनरत सल्यानका एक जना विद्यार्थी उक्त घरमा एक बर्षदेखि बस्दै आएका थिए । उनकै कोठामा बम विस्फोट भएको हो ।

कोठामा अर्को बम पनि भेटिएको छ । नेपाली सेनाले उक्त प्रेसर कुकर बम डिष्पोज गर्ने तयारी गरेको छ । कोठाबाट बाहिर निकालेर खुला चौरमा बम बिस्फोट गर्ने तयारी भइरहेको छ । निर्वाचनको पूर्व सन्ध्यामा भएको यो घटनाले नेपालगञ्जमा त्रास बढाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार