मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नरैनापुर गाँउपालिकामा आज शोक बिदा

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२४ भाद्र २०८२, मङ्गलबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिकाले आज मंगलबार शोक बिदा दिएको छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी आन्दोलनका क्रममा भएका घटनामा जीवन गुमाएको र घाइते भएको दुःखद घटनाले नरैनापुर गाँउपालिका स्तब्ध बनेको भन्दै शोक बिदा दिएको छ । 

२४ भाद्रमा गाँउपालिका तथा अन्तरगतका वडा कार्यालय, सामुदायिक, संस्थागत तथा पराम्परागत विद्यालय लगायतका सम्पूर्ण संस्थामा शोक बिदा दिइएको नरैनापुर गाँउपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

विज्ञप्तीमा भनिएको छ,“२३ भाद्रमा जेनजीले गरेको प्रदर्शनमा १९ जनाले शहादत प्राप्त गर्नु भएका साहसी जेनजी योद्धहरुलाई हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु । साथै घाईते युवा विद्यार्थीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सोमबार भएको घटना अत्यन्त पिडादायक र दुःखद छ । बालबालिकाहरुको संबैधानिक अधिकारमाथि दमन गर्ने सरकारको रवैया गम्भीर चिन्ताको विषय हो ।” 

नरैनापुर गाँउपालिकाले देशभर उठान भइरहेका जेन जी आन्दोलनले अघि सारेका माग मुद्दाहरु न्यायोचित ढंगबाट सरकारले छिटो सम्बोधन गर्न जरुरी रहेको सूचनामा औल्याएको छ । सूचनामा भनिएको छ,‘यस घटनामा सरकार जिम्मेवार हुनु पर्छ । आजको आवश्यकता शक्ति प्रर्दशन होईन, संबेदनशीलता हो । सरकार अहंकारमा होईन, यथार्थमा आधारित निर्णय लिन अघि बढोस भन्ने दृढ अपेक्षा राख्दछु ।’ 

भ्रष्टाचारविरुद्ध तथा सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा युवाहरूले आयोजना गरेका प्रदर्शनमा सुरक्षा निकायले अनावश्यक वा अत्यधिक बल प्रयोग गरेको थियो । मृत्यु हुने १९ जना मध्य दुई जना नेपालगंज निवासी रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार