मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

लोकतन्त्रमा जनतालाई दुःख र राजनितिक दललाई मस्ती भएको निष्कर्ष

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
जनताको ठुलो बलिदानी र संघर्षपछि स्थापना भएको लोकतन्त्रमा जनतालाई दुःख र राजनितिक दललाई मस्ती भएको भन्दै ऐतिहासिक रुपमा निमार्ण भएको संविधानको कार्यन्वयनमा चुनौती उत्पन्न भएको सहभागिहरुले बताएका थिए ।
२७ भाद्र २०७९, सोमबार

बाँके । नेपालका नागरिकले व्यवहारिक रुपमा लोकतन्त्रको अनुभुति गर्न नपाएको एक कार्यक्रममा बताइएको छ । जनताको ठुलो बलिदानी र संघर्षपछि स्थापना भएको लोकतन्त्रमा जनतालाई दुःख र राजनितिक दललाई मस्ती भएको भन्दै ऐतिहासिक रुपमा निमार्ण भएको संविधानको कार्यन्वयनमा चुनौती उत्पन्न भएको सहभागिहरुले बताएका थिए । एफ इ एस नेपालको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान 

केन्द्र नेपालगन्जले आज गरेको बदलिंदो परिस्थतीमा लोकतन्त्र र नागरिक शिक्षा विषयक अन्र्तक्रियाका सहभागिहरुले लोकतन्त्र र संघिय पुर्नंरचनापछि नागरिकका सबै अधिकार सुनिश्चित हुनुपर्नेमा त्यसो नभएको चिन्ता व्यक्त गरिएको थियो । कार्यक्रममा सहभागि नागरिक समाजका अगुवाहरुले तीन वटै सरकारको गुणस्तरिय, सेवा, पारदर्शिता, र विद्यामान कानूनको कार्यन्वयन गरि नागरिकलाई सामान रुपमा सहभागिता गराउनुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा राष्टिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको संघियतामा सुशासन आर्थिक आयमका बारे प्रस्तुतीकरण गर्दै नेपालको नयाँ संघियता कार्यन्वयनतर्फ अघि बढेको भन्दै अझै तीन वटै सरकारका काम कारवाही प्रक्रियाबारे समिक्षा गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक संकट तथा बेरोजगारीको अन्त्य गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने भन्दै नागरिकका सम्पुर्ण अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो । 

प्राध्यापक गणेशदत्त भटले आसन्न निर्वाचन, नेपालमा लोकतन्त्र र यसका समस्या चुनौतीबारे प्रस्तुतीकरण गर्दै पछिल्लो अवस्थामा मुलुकमा नया परिवर्तनसंगै सकारात्मक दिशातर्फ उन्मुख भएका बताउनुभयो । उहाँले देशमा कानून, ऐन लगायत सबै सफ्टवेयर संरचना व्यवस्थित रुपमा रहेपनि त्यसको प्रभावकारी कार्यन्वयन नहुदा समस्या भएको भन्दै भएको सफ्टवेयर हार्डवेयर तथा अभ्यासमा लग्नुपर्नेमा जोड दिनुभयो । 

महिला विकास अधिकृत मञ्जु पाण्डेले सामाजिक न्यायका बारेमा आफनो प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्ट उपमेयर कमरुद्दिन राई, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, बुद्धिजिवी तथा नागरिक अगुवा नरेन्द्रजंग पिटर, सनत रेग्मी, हेमन्त कर्माचार्य, कृष्णजंग कार्की, रामकुमार दिक्षित, रामगोपाल कुर्मी, विजय गप्ता, गुरुप्रसाद गौतम, अर्जुन पोख्रेल, रुद्रप्रसाद तिम्लिसेना, लक्ष्मी ज्ञवाली, झलक गैरे, शाहिदा शाह, बसन्त गौतम, डा विनोद कर्ण, आरिफ अन्सारी, कृष्ण प्रसाद श्रेष्ठ लगायतले प्रस्तुत विषयमाथी आ आफनाजिज्ञासा तथा वचार राख्नुभएको थियो ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख लालमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एफ इएसका चन्द्रदेव भट र अधिबक्ता पार्वता राउतले बोल्नुभएको थिया भने कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष विश्वजित तिवारीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार