मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

भारतका प्रधानमन्त्री मोदीले दिए राजीनामा

यूथ टुडे समाचारदाता 3539+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् । राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मोदी मन्त्रिपरिषद्को बुधबार बिहान स्थानीय समयअनुसार ११:३० मा बसेको बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन् ।

मोदीले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिन सक्नेछन् । बहुमत जुटाउनका लागि एनडीए गठबन्धनका सांसदहरूबाट हस्ताक्षर संकलन गरिएको छ । जेडीयूका प्रवक्ता केसी त्यागीले जुन ७ मा संसदमा एनडीए गठबन्धनमा रहेका सबै सांसदहरूको बैठक हुने बताए ।

लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ । यो बहुमत संख्या (२७२) भन्दा ३२ सिट कम हो। भाजपा नेतृत्वको गठबन्धन एनडीएले प्राप्त गरेको २९२ सिटको आधारमा बहुमत जुटाउने कसरत भइरहेको छ ।

राष्ट्रपति मुर्मुले सपथ ग्रहण नभएसम्म आफ्नो भूमिकालाई निरन्तरता दिन आग्रह गरेकी छन् । बहुमत जुटाउन सके उनी जवाहरलाल नेहरूपछि तीन कार्यकाल प्रधानमन्त्री बनेर इतिहास रच्नेछन् ।

सन् २०१४ मा २८२ र सन २०१९ को निर्वाचनमा ३०३ सिटे जितेका भारतीय जनता पार्टीले यसपटक २४० सिट मात्र जित्न सफल भयो । तेस्रो कार्यकालका लागि उनी गठबन्धनका दलहरूले प्राप्त गरेको ५३ सिटमा भर पर्नुपर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार