मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

डुडुवा ४ मा मतदाता परिचयपत्र वितरण सुरु

महमूद आलम खान 1133+ समाचार ( )
शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सर्वदलीय र सर्वपक्षीय छलफल गराइ आवश्यक निर्णयहरू समेत गरिएका मतदान अधिकृत केसीले बताउनुभयो ।
२८ वैशाख २०७९, बुधवार

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ शाहपुर्वामा नयाँ मतदाता र पुरानो मतदाता परिचय पत्र हराएकाहरूलाई परिचय पत्र वितरण सुरु गरिएको छ । 

२ हजार ६ सय ३५ मतदाता रहेको उक्त वडाको मतदान केन्द्र शाहपुर्वाको बिधालयमा रहेको छ ।  उक्त मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण कार्य सुरु गरिएको मतदान अधिकृत लक्ष्मण बहादुर केसीले जानकारी दिनुभयो । 

मतदान केन्द्रमा पुगेका मतदान अधिकृत सहित कर्मचारीहरुले निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सर्वदलीय र सर्वपक्षीय छलफल गराइ आवश्यक निर्णयहरू समेत गरिएका मतदान अधिकृत केसीले बताउनुभयो । 

बुधबारबाट वितरण सुरु गरिएको मतदाता परिचय पत्र भोलि बिहिबार सम्म वितरण हुने अर्का मतदान अधिकृत चन्द्र बहादुर पाण्डेले बताउनुभयो ।

पाण्डेले भन्नुभयो, मतदाताले सम्बन्धित केन्द्रबाट मतादाता परिचय पत्र लिन सक्नेछन् । मतदाताले परिचय पत्र लिनका लागि परिचय खुल्ने नागरिकता, लाइसेन्स, पासपोर्ट लगायतको परिचयपत्र देखाएर मतदाता परिचय पत्र लिन सक्ने जानकारी दिनु भयो ।

उनले स्कुलमा ३ वटा मतदान केन्द्र रहेको र शान्तिपूर्ण रुपमा मतदाता परिचय पत्र वितरण भइरहेको जिकिर गर्नु भयो ।

डुडुवा गाउँपालिकाको वडा नं ४ को आधारभूत बिधालय शाहपुर्वामा ३ वटा मतदान केन्द्र स्थापना गरिएको छ उक्त मतदान केन्द्रमा चन्द्र बहादुर पाण्डे,  केन्द्र लक्ष्मण बहादुर केसी, कविराम बुढाथोकी मतदान अधिकृत रहनु भएको छ भने साइ देब बहादुर थापाको कमाण्डमा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार