मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

सबै संग सहकार्य गरेर नरैनापुरको बिकास गर्ने छु –अध्यक्ष शाह

महमूद आलम खान 1133+ समाचार ( )
नरैनापुर गाँउपालिकाको नवनिर्वाचित अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती श्रीवस्ताव, वडा नं ३ का अध्यक्ष अजय मिश्रा, २ का अध्यक्ष मसुद अहमद शाहले शनिबार विजय जुलुस निकाल्नुभएको छ ।
७ जेठ २०७९, शनिबार

बाँके । नरैनापुर गाँउपालिकाको नवनिर्वाचित अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती श्रीवस्ताव, वडा नं ३ का अध्यक्ष अजय मिश्रा, २ का अध्यक्ष मसुद अहमद शाहले शनिबार विजय जुलुस निकाल्नुभएको छ ।

जनता समाजवादी पार्टीका उम्मेदवारहरुले विजय हासिल गरेको खुसीमा स्थानीय गाउपालिकाबासीलाई धन्यवाद ज्ञापन गर्न विजय जुलुस निकाल्नुभएको हो । 

नवनिर्वाचित शाह निर्वाचित उप–प्रमुख श्रीवस्तव सहित २ र ३ वडाका जन निर्वाचित अध्यक्ष र सदस्यहरुको टोलि र हजारौं समर्थकसहित जनताको घर दैलोमा पुगेर धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

नरैनापुर गाँउपालिकाका नव निर्वाचित अध्यक्ष शाहले समृद्ध नरैनापुर गाँपालिका बनाउन इमान्दारीताका साथ सबैको सहकार्यमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । शनिबार विजय जुलुसलाई सम्बोधन गर्दै उहाँले मतदान गरे वा नगरेका सबैलाई धन्यबाद दिनु भयो उहाँले कोहीसँग पूर्वाग्रह नराखि राजनीतिक दल, नागरिक समाज र सबै क्षेत्रका व्यक्तिहरुसँगको सहकार्यमा जनताका पक्षमा काम गर्ने बताउनु भयो ।

गाँउपालिका क्षेत्रभित्रका सबै नागरिकका फरक फरक समस्याहरु छन’, शाहले भन्नुभयो,‘ति समस्याहरु पहिचान गरेर समाधान गर्दै नागरिकका पक्षमा इमान्दारिताका साथ लाग्ने छु । चुनावी मैदानमा होमिदै गर्दा जसपाका उम्मेदवार भएपनि अध्यक्ष भैसकेपछि मलाई भोट दिने नदिने सबै जनता मेरा हुन् । सबैलाई समान दृष्टिकोणबाट जनताको अभिमतलाई सम्मान गर्नेछु ।’ जनप्रतिनिधि पाँच वर्षका लागि आएको स्मरण गराउँदै अध्यक्ष शाहले स्थायी सरकारका रुपमा रहेको कर्मचारी संयन्त्र बढी जनपक्षिय भएर काम गर्नु पर्ने जिकिर गर्नु भएको थियो ।

कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्धलाई निकट राखेर जनताको सेवामा समर्पित हुने भन्दै अध्यक्ष शाहले खासगरी पिछडिएको बर्ग, महिला, दलित क्रिचियनलाई प्राथमिक्तामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । जनताका धेरै अपेक्षा रहेको र गाँउपालिकाको श्रोत साधन सिमित भएपनि पाँच वर्ष भित्र निष्पक्ष भएर आम गाँउपालिकाबासीका मुद्धालाई सम्बोधन गर्ने बताउनु भएको थियो । पहिलो कार्यकालमा गरेका कामलाई अनुसरण गर्दै थप नयाँ तरिकाबाट कार्ययोजना बनाएर अगाडि बढने जिकिर गर्नु भएको थियो । 

महिलाको हकहितको निम्ती जनता समाजबादी पार्टी सधै सचेत रहेकाले गाँउपालिका भित्रका महिला, दलित, पिछडिएको वर्ग र क्षेत्रका नागरिकको मुद्धा कमजोर हुन नदिने बताउनु भयो । नरैनापुरको २४ विघामा स्थानीय नागरिकहरुले फूलामालाले अभिनन्दन गरे पछि उहाँले भन्नुभयो, समृद्ध नरैनापुर गाँउपालिका बनाउन सबैसँगको सहकार्य गर्दै भुगोल तथा जनताको अवस्था र आवश्यक्ता अनुसारका योजना बनाएर अघि बढ्ने बताउनु भएको थियो । 

शनिबार नरैनापुरमा निकालिएको बिशाल जुलुस ६ वटै वडामा पुगेर गाँउपालिका अध्यक्ष लगायत निर्वाचित जनप्रतिनिधिहरु मतदाताहरुलाई धन्यबाद दिएका थिए भने नागरिकहरुले ठाँउ ठाँउमा फूलमालाले सम्मान गरेका थिए । कार्यक्रम हजारौको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार