मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

स्वतन्त्र पत्रकारिताको नयाँ आवाज: नेपालगन्जमा ‘सञ्चार संवाद’ को औपचारिक सुरुआत

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
२० माघ २०८२, सोमबार

नेपालगन्ज । नेपालगन्जमा स्वतन्त्र, उत्तरदायी र पेशागत पत्रकारिताको अभ्यासलाई बलियो बनाउने उद्देश्यसहित सञ्चार संवादले आफ्नो औपचारिक यात्रा सुरु गरेको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले रिवन काटेर कार्यालय उद्घाटन गर्दै संस्थाको सुरुआत गर्नुभएको हो। उद्घाटन समारोह नेपालगन्जको पत्रकारिता क्षेत्रमा उत्साह र आशाको सन्देश बोकेर सम्पन्न भएको छ।

प्रमुख अतिथि डा. कुमार शर्मा आचार्यले पत्रकारिताको मर्म र मापदण्डभित्र रहेर काम गरिए पत्रकारले कुनै समस्या भोग्न नपर्ने स्पष्ट पार्नुभयो। आफू नेपालगन्जकै भएकाले आफ्नै कर्मभूमिमा बोलाएर कार्यक्रम गरिएकोमा खुसी व्यक्त गर्दै उहाँले सञ्चार संवाद परिवारप्रति धन्यवाद दिनुभयो। समुदायस्तरसँग घुलमिल भएर गरेको काम स्मरण गर्दै उहाँले सञ्चार संवादले समाजमा कुनै आक्षेप नलाग्ने गरी जिम्मेवार पत्रकारिता गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि सुक्रऋषि चौलागाईंले पत्रकारिताको विश्वास र विश्वसनीयता आचारसंहितामा आधारित हुने उल्लेख गर्दै सञ्चार संवादलाई विवादभन्दा टाढा रही तथ्य र सन्तुलनमा आधारित काम गर्न सुझाव दिनुभयो। पत्रकार समाजको ऐना भएकाले स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने उहाँको भनाइ थियो।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले सञ्चार संवादको सुरुआतले नेपालगन्जको पत्रकारिता क्षेत्रमा नयाँ इट्टा थपिएको उल्लेख गर्नुभयो। आगामी दिनमा संवादसँग सहकार्य गर्दै पत्रकारिताको गुणस्तर उकास्न महासंघ तयार रहेको प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन गर्दै सञ्चार संवादका अध्यक्ष डा. डक्ट प्रसाद धितालले सञ्चार संवाद मुनाफारहित, स्वतन्त्र र गैरदलीय संस्था भएको स्पष्ट पार्नुभयो। संवाद कुनै राजनीतिक दलको गन्ध नआउने, निष्पक्ष र समाजप्रति उत्तरदायी मञ्चका रूपमा अघि बढ्ने उहाँको भनाइ थियो। 

संवादले संवाद, सहकार्य र चेतनाको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उहाँले उपस्थित सबै अतिथि र सहभागीप्रति आभार प्रकट गर्नुभयो।

पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गौतमले सञ्चार संवादको स्थापनालाई नेपालगन्जको पत्रकारितामा एउटा नयाँ र सकारात्मक अध्यायको रूपमा मूल्याङ्कन गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालकी उप–प्रशासकीय प्रमुख सबिता ढकाल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, महासंघका पूर्व अध्यक्षद्वय निरज गौतम र झलक गैरे लगायत दर्जनौँ पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार