मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

मानवबेचविखन नियन्त्रण गर्न साथी संस्थाको सूचना केन्द्रलाई सामाग्री हस्तान्तरण

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
१३ असार २०८२, शुक्रबार

नेपालगन्ज । बाँके युनेस्को क्लबले नेपाल भारत सीमा नाका लगायतमा मानवबेचविखन बिरुद्ध काम गर्दै आएको एक संस्थालाई सुदृढ बनाउनुका साथै सेवालाई प्रभावकारी बनाउन बिभिन्न सामाग्री हस्तारन्तरण गरेको छ ।  

प्लान इन्टरनेसनल नेपालको साझेदारीमा क्लबद्धारा बर्दियामा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत साथी संस्थाद्वारा सञ्चालित सूचना केन्द्रलाई विभिन्न आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले मानवबेचविखन नियन्त्रणमा सघाउ पुग्ने गरि साथी संस्थाको सूचना केन्द्रलाई सक्षम बनाउन विभिन्न सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो । 

हस्तान्तरण कार्यक्रममा सुरक्षा परियोजनाका कार्यक्रम संयोजक ईश्वर बिकले यो पहल मानव बेचबिखनबाट प्रभावित समुहहरूको सेवामा सुधार गर्न समुदायस्तरमै सेवा प्रवाह प्रणालीलाई सुदृढ बनाउने उदेश्य अन्तर्गत गरिएको जानकारी गराउनुभयो । 

साथी संस्थाको सूचना केन्द्रलाई हस्तान्तरण गरिएका सामाग्रीहरुमा ल्यापटप, स्टिल क्याबिनेट, काठको टेबल, घुम्ने कुर्सी, एयर कूलर, कार्पेट, पारदर्शी पर्दा, सिलिङ फ्यान, भ्याकुम क्लिनर, प्रोजेक्टर, टेबल फ्यान, इनभर्टर र ब्याट्री लगायतका सामग्रीहरू रहेको बाँके युनेस्को क्लबले जनाएको छ । 

यस सहयोगले सिमा नाकामा आवत जावत गर्ने लाभग्राहीहरू र त्यहाँ कार्यरत कर्मचारीहरूलाई सेवा प्रदान गर्न सहज र सरल हुने विश्वास लिइएको छ 

उक्त सामग्रीहरू बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक गुलाम गौस र सुरक्षा परियोजना संयोजक ईश्वर बिकले साथी संस्थाकी कार्यकारी समिति सदस्य सरस्वती शर्मालाई औपचारिक रूपमा हस्तान्तरण गर्नु भएको थियो । 

सामग्रीहरु प्राप्त गरेपछि साथी संस्थाकी कार्यकारी समिति सदस्य शर्माले भन्नुभयो–‘हामीले चाहिने अत्यावश्यक सामग्रीहरू प्राप्त गरेका छौँ, जसले सूचना केन्द्र सञ्चालनमा निकै सहजता ल्याउनेछ । अब काम गर्न कर्मचारीलाई सहज पनि हुनेछ ।’ 

बर्दियामा सञ्चालित सुरक्षा परियोजनाले मानवबेचविखन नियन्त्रणका लागि सीमा नाकामा काम गर्नेहरुदेखि समुदायमा समेत बिभिन्न गतिविधि र कार्यक्रमहरु निरन्तर गरिरहेको छ ।

सोही परियोजना अन्तर्गत बर्दिया जिल्ला प्रशासनमा डिजिटल बोर्ड स्थापना गरिएको छ भने सीमा नाकामा काम गर्ने सुरक्षाकर्मी र सरोकारवालालाई विभिन्न प्रशिक्षण र अभिमुखिकरण समेत दिंदै आएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार