मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

उच्च अदालतबाट छुट्ने खाणको रणनीति

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
कांग्रेस नेता खाणले प्रहरी अधिकारीदेखि कांग्रेस नेताहरूसम्मलाई प्रतिशोध लिने धम्की दिएका छन्
५ असार २०८०, मङ्गलबार

काठमाडौं । छुट्न अनेक प्रयास गर्दा पनि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरू अन्ततः जेल चलान भएका छन् । पक्राउ परेदेखि नै अनुसन्धानलाई प्रभावित पार्ने उनीहरुको तिकडम सफल भएन । प्रहरीलाई फकाउनेदेखि ठूला वकिल राखेर इजलासलाई धम्काउनेसम्मका काम उनीहरूबाट भए । तर, बलिया प्रमाणका सामु उनीहरुको केही लागेन ।

पूर्वमन्त्रीहरु बालकृष्ण खाण, टोपबहादुर रायमाझी लगायत १६ जना केन्द्रीय कारागार पुगेका छन् । कारागार पुगेपछि पनि उनीहरूको चलखेल भने जारी छ ।

स्रोतका अनुसार कांग्रेस नेता खाणले प्रहरी अधिकारीदेखि कांग्रेस नेताहरूसम्मलाई प्रतिशोध लिने धम्की दिएका छन् । आफुलाई जेल हाल्न एसएसपी मनोज केसीदेखि एआइजी श्याम ज्ञवालीसम्म लागेको उनको बुझाई छ । आइजिपी बसन्तबहादुर कुँवरले सहयोग गरेपनि कमजोर कमाण्ड हुँदा उनले केही गर्न नसकेको जेलमा आफ्ना सहयोगीसँग उनले बताउने गरेका छन् ।

साथै, आफ्नै नेताहरुले पनि असहयोग गरेको खाणको दाबी छ । पार्टी सभापति शेरबहादुर देउवा आफ्नो थुनछेक आदेश आउने बेला योजनाबद्ध रुपमा सिंगापुर गएको भन्दै खाण रिसाएका छन् । हुन त देउवाले खाणको मुद्दा मिलाउने जिम्मा उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई दिएका थिए । तर, पछिल्लो समय खड्काले पनि खाणको बेवास्था गरे । कांग्रेस महामन्त्री गगन थापा त सुरुदेखि नै खाणको विरुद्ध लाग्दै आएका थिए । थापाविरुद्ध त तरुण दलका नेताहरू परिचालन नै गरेका छन् ।

अब उच्च अदालतबाट छुट्ने खाणको रणनीति छ । तर त्यो प्रक्रिया पूरा हुन अझै ३–४ महिना लाग्ने देखिन्छ । त्यसकारण त्यतिबेलासम्म उनी जेलमै हुने निश्चित छ । अर्कोतर्फ बलिया र अकाट्य प्रमाण भएकाले उच्च अदालतले पनि छाड्ने कठिन हुने अवस्था छ । तर, पार्टी नेतृत्वलाई धम्काएर छुट्ने खाणको रणनीति छ । आफुलाई नछुटाए शेरबहादुर र आरजु देउवालाई समेत समस्यालाई पारिदिने सन्देश धम्की उनले जेलबाटै पठाउन थालेको स्रोत बताउँछ । त्यही कारण पनि कांग्रेसले उनलाई निलम्बन गर्न सकेको छैन ।

त्यस्तै धम्की टोपबहादुर रायमाझीले पनि केपी शर्मा ओलीलाई दिन थालेका छन् । सो प्रकरणमा ओलीका सहयोगीले पैसा लिएको भेटिएको छ । तर, पर्याप्त प्रमाण नभएको भन्दै राजेश बज्राचार्य लगायतमाथि प्रहरीले अनुसन्धान गर्न सकेको छैन । ओलीले आफुलाई छुटाउन सहयोग नगरे गोप्य कुराहरु खोलिदिने धम्की रायमाझीले दिन थालेका छन् । रायमाझीका त बाबु–छोरा नै जेलमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार