मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

जनताको घरदैलोमा नेपालगञ्ज ५ का स्वतन्त्र उम्मेदवार अजिज हल्वाइ

महमूद आलम खान 1133+ समाचार ( )
जनलहर स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार अनिजको पक्षमा
१३ वैशाख २०७९, मङ्गलबार

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ को वडा अध्यक्षका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अब्दुल अजिज हल्वाइले घरदैलो कार्यक्रमलाई तिव्रताका साथ अगाडि बढाएका छन् ।

जनताको घरदैलोमै पुगेर हल्वाइले आफ्नो पक्षमा भोट मागिरहेका छन् । लोकतन्त्र र सम्बृद्ध नेपालको लागि आफुलाई भोट दिन आग्रह गरेका उम्मेदवार हल्वाइलाई मतदाताहरुबाट पनि निकै राम्रो प्रतिक्रिया मिलेको छ ।

जनताले अजिज हल्वाइको  सिद्धान्त नै देशको लागि उपयोगी भएको तर्क गरेका छन् । खासगरि पछिल्लो समय भएको राजनीतिक उथल पुथललाई लिएर जनतामा निकै चिन्ता बढेको घरदैलोको क्रममा देखिएको छ ।

लोकतन्त्र मासिने खतरा बढेकोले यो पटक स्वतन्त्र उम्मेदवार हल्वाइ प्रति जनलहर आउनुपर्ने प्रतिक्रिया घरदैलोमा सुनिएको छ । युवायुवतीदेखि वृद्धवृद्धासम्मले नेपालगञ्ज ५ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका अब्दुल अजिजलाई  बहुमतले विजयी गराउने वचन दिएको स्थानीयहरुले बताए । ‘जनलहर अजिजको पक्षमा देखिएको छ । राजनीतिक दल र उनीहरुको सिद्धान्तदेखि तर्सिएका जनताले देश र वडालाई संकटबाट रोक्ने शिक्षित युवा अर्थात् अजिज हल्वाइ नै भएकोले भोट उसकै पक्षमा दिने बताएका छन् ।’

अजिज कानुन संकाय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन । उनले आफ्नो उम्मेदवारीका बारेमा जनतालाई स्पष्ट पार्न प्रतिबद्धता पत्र तयार गरि सकेका छन । निर्वाचन कार्यालयले चुनाब चिन्ह प्रदान गरेको दिन एक कार्यक्रमको आयोजना गरि प्रतिवद्धता पत्र सार्वजनिक गर्ने अजिजको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार