मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपालगञ्ज उपमहानगरपालिकालाई साक्षर नगरपालिका घोषणा

महमूद आलम खान 1133+ समाचार ( )
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तव र नगर प्रमुख डा. धवल शम्शेर राणाले नगरलाई साक्षर घोषणा गरे ।
९ वैशाख २०७९, शुक्रबार

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । आज आयोजित औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तव र नगर प्रमुख डा. धवल शम्शेर राणाले नगरलाई साक्षर घोषणा गरे । नगर प्रमुख राणाले लामो समयको प्रयासपछि नगरलाई साक्षर घोषणा गरिएको भन्दै साथ दिने सबैप्रति आभार प्रकट गरे ।

जिसस संयोजक श्रीवास्तवले ५ वर्षको पर्यत्न अन्तिम समयमा सफल भएको भन्दै नेपालगञ्ज साक्षर घोषणा हुने सातौं स्थानीय तह भएको बताए । नेपालगञ्ज साक्षर भएपछि जिल्लाभरमै उत्साह छाएको उनको भनाई छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिव गोर्खबहादुर थापाले २०७६ देखि सुरु भएको साक्षरता अभियान अहिले सफल भएको बताए । उनले दुई वर्षअघि घरदैलो मार्फत् संकलन गरिएको तथ्यांक अनुसार १५ देखि ६० वर्ष उमेर समूहका करिब २३ प्रतिशत निरक्षर रहेकोमा साक्षर अभियानपछि निरक्षरहरुको संख्या ५ प्रतिशत भन्दा कममा झरेको जानकारी दिए ।

कार्यक्रममा शिक्षा समन्वय इकाईका प्रमुख रामसुरेश यादव, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धीसागर सुवेदी, नगर शिक्षक महासंघका अध्यक्ष मनोजराजा श्रीवास्तव लगायतले शुभकामना ब्यक्त गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार