मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

संघीय संसद्का दुवै सदनको बैठक स्थगित

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
४ जेठ २०८१, शुक्रबार

काठमाडौँ । संघीय संसद्का दुवै सदनको आजका लागि तय भएको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले उठेर बिरोध जनाएपछि स्थगित भएको राष्ट्रियसभाको बैठक जेठ ६ गते आइतबार दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ । 

यस्तै, प्रतिनिधिसभाको बैठक पनि आज बस्न सकेन । बिहान ११ः०० बजे बस्ने गरी बैठक बोलाइए पनि सूचना टाँस गरी दिउँसो २ः०० बजेका लागि बैठक तय भएको थियो । 

दिउँसो २ः०० बजे सारिएको बैठक पनि विशेष कारणले बस्न नसकेको भन्दै आजको बैठक स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ः०० बजे बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग राखी सदन अवरोध गर्दै आएको छ ।

सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउने विषयमा सरकार सकारात्मक देखिए पनि समितिले छानविन गर्ने विषय र छानबिनको दायरालाई लिएर दलहरुबीच कुरा मिल्न नसकेको नेताहरूको भनाई छ ।

प्रतिनिधिसभाको बैठक ६ गते आइतबारसम्म स्थगित भएपछि संसद् भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सदन सुचारुका लागि केही समझदारी बन्ने कुरामा आफूहरू आशावादी रहेको बताउनुभयो ।

सदन सुचारु गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलका शीर्ष नेताहरू र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरूसँग निरन्तर छलफल गरिरहनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज साँझ अन्य दलका नेताहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको  छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार