मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

संयुक्त राष्ट्रसंघको महासभालाई आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
४ अशोज २०८०, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् । महासभा सुरू भएको चार दिनपछि नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्ने भएका हुन्।

सम्बोधनका क्रममा नेपालले हासिल गरेका राजनैतिक उपलब्धिहरू बारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, दिगो विकास र जलवायु परिवर्तनका बारेमा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट धारणा राख्ने यसअघि नै जानकारी गराइसकेका छन्।

त्यस्तै नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासनप्रणालीको अभ्यास, समुन्नत नेपाल निर्माणमा नेपालको प्रयास लगायत विभिन्न विषयमा जानकारी गराउनेछन्।

यसै वर्ष दिगो विकास, जलवायु परिवर्तन दिगो विकासका लक्ष्यहरू हाँसिल गर्न वित्तिय प्रवन्धलगायतका संयुक्त राष्ट्रसंघका मुलुकहरूको साझा चासो र सरोकारका विषयहरूमा पनि धारणा राख्ने प्रधानमन्त्री प्रचण्डले न्युयोर्क जानुअघि संसदलाई जानकारी दिएका थिए।

नेपालले यसपालिको महासभामा अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतले नेपालले ४७ देशको प्रतिनिधित्व गर्दै साझा चासोका विषयहरूमा विभिन्न मञ्चमा धारणा राखेको छ।

महासभामा सहभागी हुन गत शनिबार साँझ प्रधानमन्त्रीसहितको टोली न्युयोर्क प्रस्थान गरेका हुन् । महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड भोलि असोज ५ गते न्युयोर्कबाट चीन जानेछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार