मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

एमसीसी सम्झौता आलटाल नगरी पारित गरौँ: बाबुराम भट्टराई

महमूद आलम खान 1133+ समाचार ( )
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले एमसीसी सम्झौता संसदबाट सर्वसम्मतिले पारित गर्न आग्रह गरेका हुन् ।
१६ माघ २०७८, आइतबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता आलटाल नगरी पारित गर्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले एमसीसी सम्झौता संसदबाट सर्वसम्मतिले पारित गर्न आग्रह गरेका हुन् । सामाजिक सञ्जालमार्फत उनले एमसीसीका नाममा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन नै टुट्न नहुनेसमेत बताएका छन् ।

‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाऔं,’ भट्टराईले भनेका छन्, ‘यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस्।’

भट्टराईले एमसीसी पारित नभए देशमा थप आर्थिक संकट उत्पन्न हुने बताएका छन् । शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् भन्दै उनले सचेत पनि गराएका छन् । ‘देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्’, उनले भनेका छन्, ‘शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार